एक बुथ १०० युथ परिचालन गर्दै तरुणदल बागलुङ

-


     हिडन खबर    
     वैशाख २४ गते २०७९ मा प्रकाशित


नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल तरुणदल बागलुङले जिल्लाका दश वटै स्थानिय तहमा एक बुथ १०० युथको अवधारणा ल्याएको छ । तरुणदलले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सो अवधारण ल्याएको हो ।

वैशाख ३० गते सम्पन्न हुन गैरहेकोे निर्वाचनमा नेपाली काँग्रेसले अबलम्बन गरेको एक बुथ १०० युथको अवधारणा अनुसार सवै वडामा सोही अनुसार व्यवस्थापन गर्न जिल्ला भर निर्देशन गरिएको नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा बाबुले जानकारी दिए ।

शर्माले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र समुन्नत नेपाल निर्माणको अभियानमा तरुण युवाहरुको भुमिका महत्वपुर्ण हुने र निर्वाचनलाई निश्पक्ष रुपमा संचालनका निम्ती पनि तरुण युवाहरु क्रियाशिल हुन आग्रह गरिएको छ ।

सवै पालिका र वडाका अध्यक्षहरुलाई पत्रचार गरी हरेक मतदान केन्द्रहरुमा युवाहरु परिचालित भै मतदान केन्द्रको संरक्षण, अशक्त मतदाताहरुलाई मतदान स्थल सम्म ल्याउने लैजाने र सहजीकरण गरी संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन निर्देशनात्म अनुरोध गरेको शर्माले बताए ।