
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बागलुङ नगरपालिका वडा नम्बर ३ फेरि चर्चाको शिखरमा रहेको छ ।बागलुङ नगरपालिकाकाे नगर प्रमुख र नगर उप प्रमुखमा उमेदवारी दिएका उमेदवार मध्य अधिकांश बागलुङ नगरपालिका वडा नम्बर ३ कै वर्चस्व रहेको छ ।
एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा जनकराज पाैडेल , विवेकशील साझा पार्टीबाट सुरज खड्का ,नेकपा मालेबाट मन्जु क्षेत्री ,दलित पार्टी नेपालका भक्त बहादुर रसाइली ,उप प्रमुखमा गठबन्धन बाट माआेवादी केन्द्रका राजु खड्का ,एमाले राप्रपा गठबन्धनका संजय खड्का ,स्वतन्त्र बाट उमेदवार बनेका तारा देबी रिजाल ,सबै वडा नम्बर ३ कै बासि हुन् ।
गत स्थानीय निर्वाचनमा नगरपालिकाकाे नगर प्रमुखमा वडा नम्बर ३ कै जनकराज पाैडेल बिजय भएका थिए भने उप प्रमुखमा सुरेन्द्र खड्का पनि वडा नम्बर ३ कै बिजय बनेका थिए ।यसपटकको निर्वाचनमा पनि नगर प्रमुख र उप प्रमुखमा उमेदवारी दिने राजनीति पार्टी देखि स्वतन्त्र उमेदवार वडा नम्बर ३ कै धेरै रहेको छ ।









