
पर्वत /स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका यूवा नेता विप्लवजंग हमाल तथा नेतृ मुना भुसाल लाई स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तरुण परिचालन समिति’ मा मनोनित हुनुभएको छ ।

जिल्लाको जलजला गाउँपालिका घर भई नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका हमाललाई केन्द्रीय तरुण परिचालन समितिमा मनोनित गरिएको हो। यस्तै काँग्रेसको सक्रिय राजनीति सक्रिय रहेकी यूवा नेतृ भुसाल पनि मनोनित हुनुभएको छ ।
पर्वतबाट सदस्य बनेका हमालले संबिधान र लोकतन्त्रको रक्षाको लागि काँग्रेस तथा गठबन्धनको नेतृत्वमा स्थानीय सरकार बन्नुपर्ने बताउँदै यूवाहरुलाई स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने हिडन खबरलाइ बताउनुभयाे ।

नेपाली काँग्रेस पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलहरुसँग तालमेल गरिएका उम्मेदवारहरुलाई बिजयी बनाउन सक्रिय रुपमा तरुण परिचालन गर्ने उद्धेश्यका साथ नेपाल तरुण दलको केन्द्रीय समितिको निर्देशन अनुसार तरुण दलका अध्यक्ष बिद्धान गुरुङको अध्यक्षतामा समिति गठन गरिएको छ ।









