गलकाेट नगरपालिकामा गठबन्धन र एमाले आमनेसामने

-


     हिडन खबर    
     वैशाख २६ गते २०७९ मा प्रकाशित


बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन निजिकिए संगै गलकाेट नगरपालिकामा चुनावी चहलपहल ह्वात्तै बढेको छ ।
११ वटा वडा रहेको गलकाेट नगरपालिकामा २४४८६ मतदाताले यसपटकको निर्वाचनमा आफ्नो मत प्रयोग गर्दै छन् ।नगर प्रमुखमा गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका भरत शर्मा गैरे र उप प्रमुखमा माआ‌ेवादी केन्द्रका फमलाल नीउरे ,नेकपा एमाले बाट नगर प्रमुखमा पूर्णबहादुर काउचा घर्ती ,र नगर उप प्रमुखमा एमालेका रूपा विक चुनावी मैदानमा छन् ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस ,नेकपा माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,र एकीकृत समाजवादी काे संयुक्त गठबन्धन बाट चुनावी तालमेल गरि उमेदवार दिएका छन् भने एमालेले राप्रपा संग तालमेल गरि चुनावमा उत्रिएकाे एमाले भने गलकाेट नगरपालिकामा एक्लै चुनावमा हाेमिएकाे छ ।
११ वटा वडा मध्य नेपाली कांग्रेसले ७ वटा वडा माआ‌ेवादी केन्द्रले २ वटा वडा र राजमाेले २ वटा वडामा तालमेल गरि गठबन्धन गरेको कारणले यसपटक गठबन्धन दलको पल्ला भारी देखिन्छ ।यस्तै गलकाेट नगरपालिकामा नगर प्रमुखमा नेपाली कांग्रेसका मन्जु चालिसे प्रमुख र माआ‌ेवादीका नगर इन्चार्ज तिलक उप्रेती उप प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका छन् ।

निर्वाचनमा उठेका उमेदवार घर घरमा पुगेर मतदाता रिझाउन तल्लीन देखिन्छन् ।गत ७४ काे स्थानीय तहको निर्वाचनमा गलकाेट नगरपालिकामा नेपाली कांग्रेसले नगर प्रमुख ,उप प्रमुख बिजय भएको कारणले यसपटक कांग्रेस संग माआ‌ेवादी राजमाे र समाजवादीकाे गठबन्धन भएको कारणले पनि निर्वाचन जित्ने अनुमान लगाइएको छ ।यसपटकको निर्वाचनमा
नगर प्रमुखमा तत्कालीन नगर प्रमुख भरत शर्मा गैरे नै उमेदवार बनाएको छ ।