निर्वाचनमा दलहरूले गर्ने प्रतिबद्धता पत्र बारे के भन्छन् मतदाता

-


     हिडन खबर    
     वैशाख २३ गते २०७९ मा प्रकाशित


स्थानीय तहको निर्वाचन नजिकिँदै जानथालेपछि राजनीति पार्टीबाट
उमेदवार बनेकाहरूले धमाधम घाेषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गर्ने काम भइरहेको छ ।निर्वाचन जितेको खण्डमा ५ बर्षसम्म गर्ने बिकाश निर्माण देखि शिक्षा स्वास्थ र जनताको जनजीवनका सवालमा आफुले गर्ने कामको फेरिहस्त यतिबेला मतदाताको घर घरमा दिदै आफुलाइ भाेट दिन अनुरोध गरेका छन् ।
निर्वाचनको समयमा गरिने प्रतिबद्धता बारे आम मतदाताको भनाइ भने फरकफरक खालको देखिन्छ ।मात्रै निर्वाचनको बेलामा पपुलर नारा दिइहाल्ने निर्वाचन पछि त्यसलाई कार्वान्ययन नगर्ने हुदा यस्तो प्रतिबद्धता पत्रकाे अर्थ नरहे गुनासो समेत आम मतदाताको रहेको देखिन्छ ।

सुजन परियार ब्यवसायी

स्थानीय तहको निर्वाचनमा राजनीति पार्टीले जनताको सामुन्ने ल्याउने घाेषणापत्र प्रतिबद्धता पत्र मात्रै नाममात्रको हुने गरेको कारण आफुलाइ यसमा बिश्वास नभएको जनप्रिय टेलर्सका प्राेपाइटर सुजन परियारले हिडन खबर लाई बताउनुभयो ।जसरी चुनावकाे बेलामा नेताहरूले प्रतिबद्धता जनाउछन् निर्वाचन जितेपछि त्यो मात्रै कागकाे खाेस्टा साबित भएको परियारले बताउनुभयो ।

लेखबहादुर खड्का ब्यवसायी

पार्टीको घाेषणापत्र सबैको आआफ्नो खालको ,फरकफरक खालको देखिन्छ ।जुन घाेषणा पत्र प्रतिबद्धता पत्र मतदाता समक्ष ल्याउछन् तर त्यो अनुसार काम गरेको भने निकै कम देखिएकाे
बागलुङ नगरपालिकाका ब्यवसायी लेखबहादुर खड्काकाे भनाइ छ ।

दिपेन्द्र बहादुर घिमिरे स्वास्थ्यकर्मी

अहिले दलले निर्वाचनको बेलामा ल्याउने घाेषणापत्र मात्रै घाेषणापत्र मै सिमित भएको आफुले पाएकाे यश भन्दा अघिको स्थानीय तहको निर्वाचनमा उमेदवार र दलले जारी गरेको घाेषणापत्र
कहाँ छ कस्तो छ भनेर प्रश्न शाेध्ने बेला आएको स्वास्थ्यकर्मी दिपेन्द्र बहादुर घिमिरेले बताउनुभयो ।

हरि सुवेदी ब्यवसायी

घाेषणा पत्र नभएर जनता झुक्याउने पत्र भएको हुदा जे बाेल्छन् त्यो गर्दैनन् जे गर्दैनन् त्यही लेख्ने हुदा यस्तो घाेषणा पत्र र प्रतिबद्धता पत्र प्रति आफुलाइ विश्वास लाग्दैन । जनताको नजर र नेताको नजर एउटै हुनुपर्ने हाे त्यो नभएसम्म परिवर्तन संभव नभएको स्थानीय ब्यापारी हरि सुवेदीले हिडन खबर लाई बताउनुभयो ।पद नपाउदा सम्म सुविधा नलिने भनेर घाेषणा गर्ने नेताहरूले पछि चुनाव जिति सकेपछि पुन सेवा सुविधा लाज नमानिकन लिने गरेको देखिन्छ । अहिले गठन भएको ५ दलीय गठबन्धन सफल भएन नेताहरूले राजनीति बाट सन्यास लिनुपर्ने सुवेदीकाे धारणा छ ।