जैमिनि नगरपालिकाकाे नगर प्रमुखमा ३ उमेदवार मैदानमा

-


     हिडन खबर    
     वैशाख २२ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङकाे जैमिनि नगरपालिकाकाे नगर प्रमुखमा ३ राजनीति पार्टीका ३ जना उमेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

५ दलीय गठबन्धनकाे तर्फबाट राजमाेका नरबहादुर पुन एमाले बाट लिला राना र नेपाली कांग्रेस बीपी बाट काशीराम आचार्य चुनावी मैदान खडा भएका छन् ।

यसपटकको निर्वाचनमा नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे,एकीकृत समाजवादी ,काे संयुक्त गठबन्धनबाट राजमाेका नरबहादुर पुन नगर प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्मा उप प्रमुख पदमा एमालेका लिला राना नगर प्रमुखमा र नेपाली कांग्रेस बाट एमालेमा प्रवेश गर्ने उषा पाैडेल उप प्रमुखमा उमेदवारी दिएका छन् ।यस्तै नेपाली कांग्रेस बाट नगर प्रमुख पदमा टिकट नपाएका काशीराम आचार्य नेपाली कांग्रेस बीपी बाट नगर प्रमुखमा उमेदवारी दिएका छन् ।

जैमिनी नगरपालिकाकाे प्रमुख उप प्रमुखमा मुख्य त गठबन्धन र एमाले बिच न‌‌ै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।