जीवन आचार्य र शशि कपुर श्रेष्ठ पछि हटे

-


     हिडन खबर    
     वैशाख २४ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाकाे नगर उप प्रमुख पदमा उमेदवारी दिएका एकीकृत समाजवादीका उमेदवार जीवन आचार्यले उमेदवारी बाट पछि हटेका छन् ।

यस्तै बागलुङ नगरपालिका वडा नम्बर २ काे वडा अध्यक्षमा स्वतन्त्र रूपमा उमेदवारी दिएका शशि कपुर श्रेष्ठले बिज्ञप्ती प्रकाशित गरि ५ दलीय गठबन्धन दलका उमेदवारलाई सहयोग गर्ने वचन बद्वताका साथ आफू पछि हटेको हिडन खबर लाई बताउनुभयो ।

बागलुङ जिल्लामा १० वटा पालिकाकाे नगर प्रमुख ,उप प्रमुख ,अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष लगायतका पदमा ५ दलीय राजनीति दल बिच भागबन्डा गर्दा चित्तबुझ्दो नभएको भन्दै एकीकृत समाजवादीका नेता आचार्यले बागलुङ नगरपालिकाकाे नगर उप प्रमुखमा उमेदवारी दिएपछि गठबन्धन दलबीच असमझदारी बढेकाे थियोे । आचार्य ,र वडा अध्यक्षका उमेदवार श्रेष्ठलाई मनाउने प्रयास पटकपटक भएपनि ब‌‌‌ैशाख २४ गते मात्रै सफल भएको गठबन्धन दलका एक नेताले हिडन खबर लाई बताउनुभयाे ।

बागलुङ नगरपालिका भित्र अब गठबन्धन दलबीच भएको सबै असमझदारी हटेपछि अब चुनावी अभियानमा कुनै समस्या नहुने दाबी गठबन्धन दलको रहेको छ ।