राजनीति

एमाले पाेलिटब्युराे सदस्य केसीका पति वडा अध्यक्षमै पराजित

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघिय सांसद मन कुमारी केसीका श्रीमान् रामबहादुर जिसी बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा पराजित भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर २ का एकीकृत समाजवादीका उमेदवार सुरज बोसेलसँग ३० मत अन्तरले पराजित भएका हुन् । वडा २ मा ११७५ मत खसेकोमा एकीकृत समाजवादीका सुरज बोसेलले ४ सय २८ मत ल्याउदा जिसीले ३ सय ९८ मत पाएका थिए ।बागलुङ नगरपालिका २ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठवन्धनबाट एकीकृत समाजवादीबाट वडा अध्यक्ष माओवादी केन्द्रबाट खुल्ला… पुरा पढौ

बागलुङ नगरपालिकामा पौडेलसँग ११७९ मतको अग्रतामा श्रेष्ठ

बागलुङ नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठले अग्रता फराकिलो पार्दै लगेका छन् । बागलुङ नगरपालिका वडा नम्वर १ र १४ मतगणना सम्पन्न गरेर वडा नम्वर २ र १३ को गणना भैरहदा श्रेष्ठले २ हजार २ सय २५ मत प्रप्त गरेका छन् भने एमालेका जनक पौडेलले १ हजार ४६ मत प्राप्त गरेका छन् । उपमेयरमा माओवादी केन्द्रका राजु खड्काले १ हजार ८ सय ९९ र राप्रपाका संजय खड्काले ९ सय ६२ मत प्रप्त गरेका छन् । पुरा पढौ

तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

बागलुङका तमानखोला गाउँपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अनुसार तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार जोकलाल बुढाले २ हजार ७ सय ७ मतका साथ बिजयी भएका छन् ।निकतम प्रतिद्वन्द्वी नेकपा माआ‌ेवादी केन्द्रका देवबहादुर पुनले १ हजार ९ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जनाएको छ । उपाध्यक्ष पदमा उमेदवार बनेकी हिरा कुमारी छन्त्यालले १ हजार ९ सय ९५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वद्वी माआ‌ेवादी केन्द्रका निसु रसाइलीले १ हजार ९ सय… पुरा पढौ

बडिगाडमा ३९ घण्टापछि मतगणना सुरु

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आइतबार बिहानबाट मतगणना सुरु भएको छ ।गाउँपालिकाको वडा नम्बर १ दगातुन्डाँडाबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । बडिगाड गाउँपालिकाका १० वटा वडाहरुमध्य वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ ।बैशाख ३० गते साँझ ८ बजे गाउँपालिका भित्रका २६ बटै मतदान केन्द्रहरुबाट मतपेटिकाहरु मतगणना स्थलमा आएपनि नेकपा एमालेको अबरोधका कारण सर्वदलीय बैठक बस्नसकेको थिएन ।गाउँपालिकाको बडा नम्बर-४ जलजलाको गुफा आधारभूत बिद्यालयको मतदान केन्द्रमा बुथ कब्जाको आरोप सहित नेकपा एमालेले निर्वाचन अधिकृतको… पुरा पढौ

ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका विक विजयी

बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर बिश्वकर्मा’हिमाल’विजयी भएका छन् । आईतबार सम्पन्न मतगणनामा २ हजार २ सय ८५ मत ल्याएर बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९०मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवार बिकले १९० मतान्तरले बिजयी भएका छन् । यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमबहादुर रोकाले ३ हजार ४ सय ३ मत ल्याएर बिजयी भएका छन् ।उनका प्रतिद्वन्द्वी एमालेका थममाया घर्तीले ५ सय ६१ले मत प्राप्त गरेका छन् । माआ‌ेवादीको उर्वर भुमिको… पुरा पढौ

निसीखोलामा दोब्बर मतले गठबन्धनको अग्रता

बागलुङको निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार सुर्यबहादुर घर्तिले एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भूमिराज घर्तिलाई करिव दोब्बर मतले पछि पारेका छन् । गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका नेपाली काँग्रेसका घर्तीले अहिलेसम्म १३३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भूमिराज घर्तिले ६५७ मत ल्याएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा निसीखोला गाउँपालिकामा ९ हजार ९ सय ३६ खसेको छ । पुरा पढौ

काठेखोला गाउँपालिका–१ मा काँग्रेसका थापा पुनः बिजयी

बागलुङको काठेखोला गाउँपालिमा वडा न‌म्बर –१ मा नेपाली काँग्रेसका खड्क थापा विजयी भएका छन् । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार वडा नम्बर १ का निर्वतमान अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका खड्क थापा ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले अध्यक्षका प्रतिस्प्रर्धी नेकपा एमालेका गोविन्द बहादुर खड्कालाई ३ सय ९७ मतान्तरले पराजित गरेका हुन् । खड्काले ५ सय १८ मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा थापा ६ सय १३ मत… पुरा पढौ

बागलुङ नगरपालिकामा गठबन्धनको अग्रता कायमै

बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको शनिवार देखि सुरु भएको मतगणनाको पछिल्लो परिणामा ५ दलीय गठबन्धनकाका उमेदवारको अग्रता कायमै रहेको छ । बागलुङ नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् भने एमाले राप्रपा गठबन्धनका उमेदवार जनकराज पौडेलले ८ सय १ मत प्राप्त गरेका छन् । यस्तै नगर उप प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका माआ‌ेवादी केन्द्रका राजु खड्काले १ हजार ३ सय ३ र एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार… पुरा पढौ

बागलुङ नगरपालिका १ को वडाअध्यक्षमा कांग्रेसका खत्री निर्वाचित

बागलुङ नगरपालिका वडा नम्वर १ बाट नेपाली काग्रेसले विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका जयबहादुर खत्रीे ४ सय ७४ मतका साथ विजयी भएका हुन् । नेकपा एमालेका दुर्गे सार्कीलाई ८ मतले पछि पार्दै खत्री विजयी भएका हुन् । सार्कीले ४ सय ६६ मत प्रप्त गरेका छन् ।२०७४ सालको स्थानीय तह निर्वाचन सार्की विजयी भएका थिए । वडा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार बनेका विजयी भएको छन् । महिला सदस्यमा एमालेका शान्ति देवि शर्माले ५ सय ३० मत,दलित… पुरा पढौ

बागलुङको बडिगाडका १४ हजार जनताको मत करिव २८ घण्टादेखि कोठामा

स्थानीय निर्वाचनको मतदान सकिएको २८ घण्टा बितिसक्यो । देशका ७५३ वटै स्थानीय तहहरु मध्य अधिकांशको प्रारम्भिक नतिजा समेत आइसक्दा समेत बडिगाड गाउँपालिकामा मतगणना हुन सकेको छैन । बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा बुथ कब्जा भएकोले पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको हो । गाउँपालिकाकी निर्वाचन अधिकृत सीतादेवी सुवेदीले सर्वदलीय बैठक बस्न नसकेका कारणले आज मतगणना सुचारु गर्न नसकिएको जानकारी दिइन् । ‘बिहान १० बजे सर्वदलीय बैठक डाकिएकोमा एमाले पक्षबाट उपस्थित नभएपछि आज मतगणना रोक्न परेको छ,’… पुरा पढौ