राजनीति

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि दरिलो सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, असार १६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि प्रभावित राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्। इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभाअन्तर्गत आज सम्पन्न अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले अब ढिलो नगरी सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्रहरू जलवायु परिवर्तनको गम्भीर जोखिममा छन्। यसले उनीहरूको कृषि उत्पादन र जीविकोपार्जनमा प्रत्यक्ष असर… पुरा पढौ

नेपालले नागरिकको खाद्य अधिकारलाई संविधानमै सुनिश्चित गरेको छ : परराष्ट्रमन्त्री डा. राणा

१५ असार, काठमाडौँपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य अधिकारलाई संविधानमा नै सुनिश्चित गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ विशेष सत्रअन्तर्गत अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्ठित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषण सम्बन्धी मन्त्रीस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो। “नेपालले खाद्य अधिकारलाई मौलिक हकको रूपमा लिएको छ, र यस अधिकारको कार्यान्वयनका लागि आवश्यक कानुन तथा नीतिहरू निर्माण गरिएका छन्। खाद्य प्रणाली रूपान्तरण रणनीतिलाई कार्यान्वयन गर्दै… पुरा पढौ

राष्ट्रिय धान दिवस २०८२ को शुभकामना सन्देश

१५ असार, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्रका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको गौरवशाली कृषि संस्कृतिको प्रतीकका रूपमा मनाइने राष्ट्रिय धान दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली कृषक वर्गप्रति हार्दिक शुभकामना व्यक्त गर्दै म सम्मान प्रकट गर्दछु। धानबाली नेपालका लागि केवल मुख्य खाद्यबाली मात्र नभई हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको मूल स्तम्भ पनि हो। नेपालको कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशतभन्दा बढी योगदान दिने धानबाली हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो अध्यक्ष दाहालले भन्नुभएको छ । यस वर्षको… पुरा पढौ

“राष्ट्रिय पूँजी, सुशासन र समृद्धिको अभियानमा माओवादी केन्द्र” — अध्यक्ष प्रचण्ड

१४ असार, भक्तपुर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिलाई पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघद्वारा आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वमा रहँदा दलाल पूँजी नियन्त्रण गर्दै उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी राष्ट्रिय पूँजीलाई अघि बढाउने अभियानमा थियौं, तर विडम्बनावश दलाल पूँजीपतिहरूले यो कुरा चाँडो बुझे र सत्ताबाट हटाउन कांग्रेस र… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

१३ असार, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार इटाली प्रस्थान गर्नुभएको छ। उहाँले सम्मेलनको प्रमुख सत्रका साथै सो अवधिमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूमा समेत नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्। एफएओ सम्मेलनपश्चात… पुरा पढौ

वैदेशिक रोजगारीमा रहेका नेपालीको विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं, असार १२ — विदेशमा रहेका नेपाली नागरिकको विस्तृत विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त एपको संयुक्त रुपमा शुभारम्भ गर्नुभयो। एपमार्फत श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुले आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्ने छन्। यो प्रणालीले कुन देशमा कति नेपाली, कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहज रूपमा लिन सकिने व्यवस्था मिलाइएको छ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा… पुरा पढौ

धरानका दलहरूद्वारा प्रचण्डलाई बीपी प्रतिष्ठान सम्बन्धी ज्ञापनपत्र

१२ असार, काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरानका प्रमुख राजनीतिक दलहरूको प्रतिनिधिमण्डलले संयुक्त ज्ञापनपत्र बुझाएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी उक्त टोलीले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई 'छाता ऐन' (Umbrella Act) बाट छुट्याई पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले बीपी प्रतिष्ठान पूर्वी नेपालको पुरानो तथा महत्वपूर्ण स्वास्थ्य संस्था भएको बताउँदै व्यवस्थापन पक्ष सन्तोषजनक नहुनु दुर्भाग्यपूर्ण… पुरा पढौ

संसदीय समितिबाट पारित विधेयकहरूमा छेडखानी नगर्न प्रचण्डको चेतावनी

काठमाडौं, ११ असार २०८२नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत हुँदा हुने चलखेल र छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभाको कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइने कार्यप्रति… पुरा पढौ

श्रमिकको जीवनमा परिवर्तन नआएसम्म अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर, असार १०नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान नरोकिने स्पष्ट गर्नुभएको छ। ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’मा अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियान थालिएको स्मरण गर्दै, त्यसले श्रमिकको जीवन मर्यादित बनाउने दिशामा टेवा पुर्‍याएको उल्लेख गर्नुभयो।… पुरा पढौ

इजरायल–इरान तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको विशेष ध्यान

काठमाडौं, असार ९परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आवश्यकताको आधारमा स्वदेश फिर्तीका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डा. राणाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र त्यसका सम्भावित असरलाई गम्भीरताका साथ मूल्याङ्कन गर्दै मन्त्रालयले नेपालीको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो। "द्वन्द्व सुरु भएको दिनदेखि नै मन्त्रालयले विकसित अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ," उहाँले भन्नुभयो, "इरानमा रहेका… पुरा पढौ