गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

-


     हिडन खबर    
     श्रावण ८ गते २०८२ मा प्रकाशित


काठमाडौं, ७ साउन
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन’ शीर्षक पुस्तकको लोकार्पण गर्नुभएको छ।

एक औपचारिक कार्यक्रमबीच उहाँले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो। पुस्तकमा गणतन्त्र घोषणा हुनु अघिको नेपाल र त्यसपछिको अवस्थाबीचको राजनीतिक, आर्थिक, सामाजिक तथा संरचनागत अन्तरहरूलाई तथ्य र विश्लेषणका आधारमा तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ।

कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र स्थापना हुनु नेपालको इतिहासकै महत्वपूर्ण परिवर्तन भएको उल्लेख गर्दै, यस प्रकारको अध्ययनले समाजलाई वास्तविक अवस्थाबारे जानकारी दिन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता पुस्तकहरूले राजनीतिक चेतना विस्तार गर्न सहयोग पुर्‍याउने बताए।

कार्यक्रममा लेखक, विश्लेषक, बौद्धिक व्यक्तित्वहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।