राजनीति

माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्न जरुरी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन १३ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेतृत्व लिएका सामाजिक संघसंस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने सन्देश जनतामाझ स्थापित गर्नुपर्ने बताएका छन्। काठमाडौंमा समाज कल्याण विभागद्वारा आयोजित "सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम" मा बोल्दै अध्यक्ष प्रचण्डले सामाजिक संघसंस्थामा माओवादीको हस्तक्षेप सकारात्मक, स्पष्ट कार्यदिशा र जनउत्तरदायी हुनुपर्नेमा जोड दिए। उनले माओवादीले नेतृत्व लिएका पालिकाहरू अन्यको तुलनामा अगाडि रहेको भन्दै अझ व्यवस्थित ढंगमा योजना बनाएर काम गर्दा थप उपलब्धि… पुरा पढौ

विप्लव नेतृत्वको नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

काठमाडौं, साउन १०विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (माओवादी केन्द्र) गुल्मी–काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसर पारेर सो मञ्च माओवादी केन्द्रमा विलय भएको हो। समाहित भएका नेता–कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभयो। नेकपा (विप्लव) निकट सम्पर्क समिति मात्र नभई अन्य विभिन्न राजनीतिक दलहरू परित्याग गरी पनि थुप्रै नेता–कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रमा समाहित हुनेहरूमध्ये वासुदेव पौडेल, अनिषा पन्थी, जीवन… पुरा पढौ

“कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो” — अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन १० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्। आज काठमाडौंको सितापाइला स्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले पछिल्लो राजनीतिक परिदृश्य, शिक्षा विधेयक र शिक्षक आन्दोलनबारे धारणा राखे। प्रचण्डले संविधानले शिक्षकलाई सडकमा आउनु नपर्ने व्यवस्था गरे पनि कार्यान्वयनमा कमजोरीका कारण आन्दोलन गर्न बाध्य भएको बताए। "माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुनुपर्ने… पुरा पढौ

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानता छन् : परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं, साउन ९ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको र यी दुई देशबीच कैयौँ सांस्कृतिक समानता रहेको बताउनुभएको छ। राजधानीमा आयोजित ‘थाइ फ्लेभर इन द हिमालाज्’ ट्रेड फेयरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले दुई देशबीच पाहुनाको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्य–मान्यताको सम्मान, सहिष्णुता, र पर्यटन प्रवर्द्धनजस्ता विषयमा समानता रहेको उल्लेख गर्नुभयो। उहाँले पर्यटनलाई दुवै देशका लागि साझा समृद्धिको माध्यम बनाउन सकिने उल्लेख गर्दै, नेपालको पर्यटन र हस्पिटालिटी क्षेत्रमा थुप्रै सम्भावना रहेको… पुरा पढौ

गणतन्त्रप्रति सबैभन्दा गहिरो चिन्ता हामीलाई नै छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ७ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको संरक्षण र सुदृढीकरणप्रति सबैभन्दा गहिरो चिन्ता आफूहरूलाई रहेको बताउनुभएको छ। बुधबार राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि उठेका प्रश्नहरू गम्भीर विषय भएको उल्लेख गर्नुभयो। “बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन। गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन गरेका थियौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो,”… पुरा पढौ

गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन’ पुस्तक विमोचन

काठमाडौं, ७ साउननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल : तुलनात्मक अध्ययन’ शीर्षक पुस्तकको लोकार्पण गर्नुभएको छ। एक औपचारिक कार्यक्रमबीच उहाँले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो। पुस्तकमा गणतन्त्र घोषणा हुनु अघिको नेपाल र त्यसपछिको अवस्थाबीचको राजनीतिक, आर्थिक, सामाजिक तथा संरचनागत अन्तरहरूलाई तथ्य र विश्लेषणका आधारमा तुलनात्मक रूपमा प्रस्तुत गरिएको छ। कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र स्थापना हुनु नेपालको इतिहासकै महत्वपूर्ण परिवर्तन भएको उल्लेख गर्दै, यस प्रकारको अध्ययनले समाजलाई वास्तविक अवस्थाबारे जानकारी… पुरा पढौ

समृद्धिका लागि नीतिगत सुधार आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार र राज्यको सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्। शुक्रवार खुमलटारस्थित निजी निवासमा नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष प्रचण्डले राज्यको सोचाइ र संरचनालाई निजी क्षेत्रमैत्री बनाउनुपर्ने धारणा राखे। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना बिना समृद्धि हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भने, “राज्यले अवरोध होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” उनले… पुरा पढौ

साहित्य, कला र राजनीति क्षेत्रका व्यक्तित्व माओवादी केन्द्रमा

काठमाडौँ, साउन २ — नेपाली साहित्य, कला र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघका चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व वडा अध्यक्ष रामेछापका एक नेता छन्। अध्यक्ष प्रचण्डले स्वागत गर्दै भने, “हामीले त्याग, समर्पण… पुरा पढौ

प्रचण्डबाट ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ सुरु, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं, साउन १ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गरेका छन्। कार्यक्रममा उनले स्वयंसेवकहरूसँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण र सरसफाइमा सहभागी भएर श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। सम्बोधनमा अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको "उत्पादन ब्रिगेड"को निरन्तरता भएको बताउँदै युवालाई श्रम र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रसर हुन आह्वान गरे। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै चेतावनी दिए, “यदि सरकार सुध्रिएन भने सडकबाटै आन्दोलन गरेर हटाउन बाध्य हुनेछौँ।”… पुरा पढौ

गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक, नाजिरको महिलाको रूपमा दमदार प्रस्तुति

काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले सोमबार एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरेको हो। गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर मनिषा पोखरेलको रहेको छ। गीतमा प्रेमिल भावना बोकेको व्यक्तिले आफूलाई पनि सच्चा माया गरिनुपर्ने माग गरिएको छ। मनबाट प्रेम गर्ने हो भने दुःख–सुखमा साथ दिइ प्रमाणित गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ। गीतको भिडियोमा नाजिर हुसेनको विशेष प्रस्तुति देख्न सकिन्छ। महिलाको… पुरा पढौ