
काठमाडौँ, १ भदौ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले अध्यक्ष निवास, खुमलटारमा पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हितका विषयहरू तथा आपसी सहयोगका सम्भावनाहरूमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ।











