राजनीति

प्रविधि र उद्यमशीलतामा सक्रिय युवाहरू माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डबाट स्वागत

काठमाडौं, साउन २९प्रविधि र उद्यमशीलतामा सक्रिय युवा पुस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।पार्टी प्रवेश गर्ने युवाहरूमा सफ्टवेयर इन्जिनियर धाम भट्टराई, प्रभात कर्ण, सञ्चारकर्मी तुलसी बस्नेत, जनता पेन्टका निर्देशक उज्ज्वल पाण्डे र होमकुमार राना रहेका छन्। उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निजी निवासमा स्वागत गरेका हुन्।स्वागत कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रविधि र उद्यमशीलतामा संलग्न युवाहरूको पार्टीमा प्रवेशले माओवादी केन्द्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले दलाल पूँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पूँजीको संरक्षणका लागि माओवादी… पुरा पढौ

नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पहल गर्ने प्रतिवद्धता : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज–भारतको नयाँदिल्ली बीच सिधा हवाई उडान सञ्चालनका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। नेपालगञ्ज–दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आइतबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायत सरोकारवालाहरुसँगको भेटमा मन्त्री डा. राणाले उक्त प्रतिबद्धता व्यक्त गर्नुभयो। “यो उडानका लागि मैले पहिलेदेखि नै पहल गर्दै आएको छु। नेपालगञ्ज–दिल्ली उडानलाई हामी प्राथमिकतामा राखेका छौँ। यसले नेपाल–भारत दुवै देशलाई पारस्परिक… पुरा पढौ

बहुविवाहसम्बन्धी कानुन संशोधन मस्यौदा फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाइयो

बागलुङ, साउन २१ बहुविवाहसम्बन्धी कानुन संशोधन मस्यौदा फिर्ता लिन माग गर्दै नेपाल महिला संघ जिल्ला कार्यसमिति र अन्तर पार्टी महिला सञ्जाल, जिल्ला कार्यसमिति बागलुङले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन्। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत बुझाइएको हो। नेपाल महिला संघ बागलुङकी जिल्ला अध्यक्ष तथा अन्तर पार्टी महिला सञ्जाल बागलुङकी संयोजक सीता सापकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रस्तावित संशोधनको विरोध जनाएको हो। उनीहरूले हाल बहुविवाहलाई वैधानिक जस्ताे बनाउने गरी ल्याउन खोजिएको संशोधन मस्यौदा नेपालको संविधान,… पुरा पढौ

बहुविवाहसम्बन्धी कानुनी संशोधन प्रस्तावको विरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारीद्वारा ज्ञापनपत्र

बागलुङ, साउन २१बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्तावको विरोधमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन १६ गते श्रावण महिना अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव द्वारासार्वजनिक रूपमा व्यक्त गरिएको बहुविवाहसम्बन्धी प्रस्तावप्रति आपत्ति जनाउँदै संघले ज्ञापनमार्फत कडा विरोध जनाएको हो। संघले बुझाएको ज्ञापनमा बहुविवाहलाई कानुनी मान्यता दिने वा त्यसको प्रवर्द्धन गर्ने प्रयास नेपाली संविधान, मुलुकी अपराध संहिता २०७४, महिला तथा मानव अधिकारका भावना र अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरीत रहेको उल्लेख… पुरा पढौ

व्याख्यात्मक टिप्पणीसहित पारित नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो – अध्यक्ष प्रचण्ड

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहायता परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक परे आन्दोलन गर्ने तयारीका साथ पारित गर्न बाध्य भएको खुलासा गर्नुभएको छ। लेखक लीलामणि पोखरेलद्वारा लिखित पुस्तक ‘नेपालमा एमसीसी’ को विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गहिरो अध्ययन र बहस गर्दै आएको जानकारी दिनुभयो। “नेकपा कालमा मैले नै नेतृत्व गरेर एमसीसीबारे… पुरा पढौ

चार दिनसम्मको बैठक सकियो, माओवादीले लियो संगठन र रुपान्तरणको दिशा

काठमाडौं, साउन १९नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक २०८२ साउन १६ गतेदेखि सुरु भई चार दिनसम्म व्यापक, गम्भीर र जीवन्त बहससहित आज साउन १९ गते सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ। बैठकले पार्टीको संगठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। विचारको स्वतन्त्रता र आन्तरिक बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता अनिवार्य रहेको धारणा बैठकले प्रस्तुत गरेको छ। साथै, पार्टी हितविपरीत निजी स्वार्थमा आधारित गुट र स्वार्थ समूहहरूको अन्त्य गर्न सामूहिक संकल्प व्यक्त गरिएको छ। बैठकले प्रतिगमन र… पुरा पढौ

स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अतुलनीय : परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं, १८ साउन – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ। आज महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालजस्तो मुलुकमा चिकित्सक सहजै उपलब्ध नहुन सक्ने अवस्थालाई उल्लेख गर्दै, नागरिक स्वास्थ्य सेवाका आधारस्तम्भका रूपमा नर्सहरूलाई उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “ग्रामीण बस्तीदेखि शहरी अस्पतालसम्म नर्सहरूको सेवा, समर्पण र विरामीहरूप्रतिको व्यवहार नै हाम्रो स्वास्थ्य प्रणालीको मेरुदण्ड बनेको छ। जनस्वास्थ्यको उपलब्धता र आधारभूत सेवाका लागि नर्सहरूको योगदान… पुरा पढौ

अनेरास्ववियु बागलुङले असंवैधानिक गतिविधिको विरोधमा विज्ञप्ति जारी

बागलुङ, साउन १६अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला समिति, बागलुङले असंवैधानिक र आत्मघाती गतिविधिको कडा विरोध गर्दै एक विज्ञप्ति सार्वजनिक गरेको छ। विज्ञप्तिमा भनिएको छ कि अनेरास्ववियु मुलुकको सशक्त, लोकप्रिय र ऐतिहासिक विद्यार्थी संगठनका रूपमा लामो संघर्षको इतिहास बोकेको छ। यो संगठन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र स्वतन्त्रताको पक्षमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै आएको छ। हाल अनेरास्ववियुको विधान २०७९ को भाग ११, दफा ३१ (५) अनुसार जिल्ला समिति गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा केही व्यक्तिहरूले विधानविपरीत, गुटगत… पुरा पढौ

प्रचण्डले अन्नपूर्ण न्यूरो अस्पताल पुगेर भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना

काठमाडौं, साउन १५नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोमा चोट लागेर उपचाररत अखिल (क्रान्तिकारी) का उप-महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ। प्रचण्ड आज बिहान अन्नपूर्ण न्यूरो अस्पताल पुगेर अस्पतालमा उपचाररत भट्टको स्वास्थ्य स्थिति बुझ्नुका साथै छिटो स्वास्थ्यलाभको कामना गर्नुभएको हो। अस्पताल स्रोतका अनुसार भट्टको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र अहिले उहाँको अवस्था सामान्य रहेको बताइएको छ। पार्टीका अन्य नेताहरूले पनि भट्टप्रति चासो व्यक्त गर्दै स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका छन्। पुरा पढौ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं, साउन १४नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक सुदृढीकरण, आगामी कार्यक्रमहरू तथा सरकारको सञ्चालनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा जारी बैठकमा उपाध्यक्ष, महासचिव, सचिवहरू लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको छ। स्रोतअनुसार, बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि, कार्यकर्ताहरूको चासो र सरकारमा माओवादीको भूमिकालाई लिएर पनि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ। पुरा पढौ