
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूपन्देहीको बुटवल–११, माझगाउँमा आयोजित एक विशेष समारोहमा कमरेड रामप्रसाद वञ्जाडे ‘टंकमणि’को सालिक अनावरण गर्नुका साथै उहाँको जीवन र योगदान समेटिएको स्मृति ग्रन्थ ‘टंकमणिः एक क्रान्तिविजय’ विमोचन गर्नुभएको छ।
शहीद स्मृति प्रतिष्ठान, नेपालद्वारा आयोजित उक्त कार्यक्रमले कमरेड टंकमणिको क्रान्तिकारी योगदान र राजनीतिक जीवनलाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्यो। समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय नेता, कार्यकर्ता तथा टंकमणिका परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष प्रचण्डले टंकमणिको साहस, प्रतिबद्धता र क्रान्तिप्रतिको समर्पणको चर्चा गर्दै उहाँको स्मृति ग्रन्थले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले टंकमणिको योगदानलाई संस्थागत रूपमा स्मरण गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।












