राजनीति

बागलुङको ढोरपाटनमा सर्वदलिय वैठक वस्न नसक्दा मतगणना अन्यौलमा

बागलुङको ढोरपाटन नगरपालिकामा सर्वदलिय वैठकमा सहमति जुट्न नसकेको कारण मतगणना हुन सकेको छैन । शुक्रवार साझ भएको सर्वपक्षिय बैठकमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ता विच विवाद भएपछि मतगणना गर्ने विषयमा अन्यौल सृजना भएको हो । शनिवार बिहान ८ बजे सर्बदलिय बैठक भनिय पनि बैठक अझै सुरु हुन सकेको छैन । शुक्रवार सम्पन्न मतदानमा ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० मतदाता मध्ये १२ हजार १ सय ८६अर्थात ६९ दशमलब १३ प्रतिशत मत खसेको थियो ।नगरपालिकामा खटिएका निर्वाचन अधिकृत लालसिंह थापा… पुरा पढौ

बागलुङको गलकोट नगरपालिकामा कांग्रेसको अग्रता

गलकोट नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुदिलाभाटी र रिघाको पहिलो चरणको परिणाममा नेपाली कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर सुरुआती अग्रता लिएका छन् । यस्तै एमालेका पूर्णबहादुर काउचाले ३ सय ५० , स्वतन्त्र मञ्जु शर्माले १५९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका फमलाल निउरे ४ सय ९४, एमालेका रुपा विकले ३ सय ६५, स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ । पुरा पढौ

गलकोट नगरपालिका: ६१० मतगणनामा गठवन्धनको अग्रता

गलकोट नगरपालिकामा गठबन्धनले सुरुवाती अग्रता लिएको छ । ६ सय १० मत गणना गर्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार भरत शर्मा गैरेले २६९ मत ल्याएका छन् । यस्तै पूर्णबहादुर काउचा (सुर्य) १०५, स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा (मुढा) ९९, हलोमा १ र गुलाव फुलमा २ मत प्राप्त भएको छ । उपमेयरमा गठबन्धनका फमलाल निउरे (हँसिया हथौडा) २४४, रुपा विक (सुर्य) १२०, तिलक उप्रेती (मुढा) ४२ प्राप्त भएकाे गलकोट नगरपालिका निर्वाचन अधिकृत नेत्र प्रसाद भुसालले जनाएको दिनुभएको छ । पुरा पढौ

बागलुङको ताराखोला गाँउपालिकामा मतगणना जारी, माओवादीको सुरुआती अग्रता

बागलुङको ताराखोला गाँउपालिकामा मतगणना सुरु भएको छ ।  बागलुङको ताराखोला गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०ले सुरुआती अग्रता लिएको छ । ५ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर विक ‘हिमाल’ले २ सय ९४ ल्याउनुभएको छ । उहाँलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ मत प्राप्त गर्नुभएको छ भने ५२ मतसहित नेकपा ९एमाले० का ऋषिराम रोका तेस्रो स्थानमा हुनुहुन्छ । अर्का स्वतन्त्र उम्मेदवार यामबहादुर रोकाले १२ मत ल्याउनुभएको छ । यस्तै गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका भिमबहादुर रोकाले २ सय… पुरा पढौ

बागलुङमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत खसेको अनुमान

बागलुङका १० पालिकामा करिव ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २४ हजार ४ सय ८६ मतदाता रहेको गल्कोट नगरपालिकामा १४ हजार ४ सय ७१ मत खसेको छ । ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० मतदाता रहेकोमा १२ हजार ४ सय १ मत खसेको छ । १५ हजार ९ सय १२ मतदाता रहेको निसीखोला गाँउपालिकामा ९ हजार ९ सय २६ मत खसेको निसीखोला गाउँपालिका निर्वाचन अधिकृत गोविन्द गिरीले बताउनुभयो । ७ हजार ७ सय ८८ मतदाता… पुरा पढौ

बागलुङकाे १० वटा स्थानीय तहमा ५५ प्रतिशत मत खस्याे

बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा भएको स्थानीय तहको निर्वाचनमा दिउँसो ३ बजेसम्म भएको मतदानमा ५५ प्रतिशत मत खसालेकाे मुख्य निर्वाचन अधिकृत बासुदेव न्याैपानेले बताउनुभयो । बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,जैमिनी नगरपालिका र ढाेरपाटन नगरपालिका बडीगाड गाउँपालिका ,काठेखाेला गाउँपालिका ,ताराखाेला गाउँपालिका ,तमानखाेला गाउँपालिका ,निसीखाेला गाउँपालिका ,र बरेङ गाउँ पालिकामाशुक्रबार बिहान ७/१५ बजेदेखि शुरूवात भएको मतदानमा दिउँसोसम्म 55 प्रतिशत मतदान भएको न्याैपानेले बताउनुभयो ।सदरमुकाममा भन्दा ग्रामीण क्षेत्रमा मतदान गर्ने मतदाता केही उत्साहित भएको देखिन्थे ।नयाँ मतदाता परिचयपत्र… पुरा पढौ

बागलुङका १०स्थानीय तहमा मतदान शुरू

स्थानीय तहमा नयाँ जनप्रतिनिधि छान्नको लागि बागलुङ जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा बिहान ७ बजेदेखि निर्वाचन शुरू भएको छ । बागलुङ सदरमुकाममा रहेको साबिकको धौलागिरिकै सबैभन्दा जेठो बागलुङ नगरपालिकामा शुक्रबार बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया शुरू भएको निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताउनुभयो ।बागलुङ नगरपालिकाका नगर प्रमुखका उमेदवार बसन्त कुमार श्रेष्ठको मतदाता नामवली भएको वडा नम्बर २ को बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रबाट मत खसालेर शुभारम्भ गरेका थिए । यस्तै अर्का मेयरका उम्मेदवार जनकराज पौडेलले सरस्वती सामुदायिक… पुरा पढौ

बागलुङ नगरपालिकामा निर्वाचनको तयारी पूरा

बागलुङको सवै भन्दा जेठो नगरपालिका बागलुङ नगरपालिकामा शुक्तबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बागलुङ सदरमुकाममा रहेका मतदान केन्द्रहरूमा मतदान अधिकृत पुगेर मतदानको सबै तयारी पूरा गरेका हुन् । बागलुङ नगरपालिका वडा नम्बर २ बालमन्दिर मतदान केन्द्रमा बैशाख ३० गते हुने निर्वाचनमा मतदाताले सहजरूपमा मतदान गराउनको लागि सबै खालको तयारी पूरा भएको मतदान अधिकृत गोमा रिजालले बताउनुभयो । सदरमुकाममा रहेको बालमन्दिर आधारभूत बिद्यालय मतदान केन्द्रमा दुई जना महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउनेजिम्मेवारी दिएको छ । मतदान… पुरा पढौ

स्थानीय निर्वाचनमा महिला उमेदवार ?

बागलुङ ।ब‌ैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन ३ बाकी रहदै गर्दा यसपटक निर्वाचनले खासै गतिलिन सकेको देखिएको छैन । निर्वाचन नजिकिँदै गर्दा स्थानीय तहकाे नगर प्रमुख ,उप प्रमुखमा पदमा जति धेरै महिला उमेदवार बन्नुपर्ने थियोे यसपटकको गठबन्धनका कारण धेरै कममात्रामा उमेदवार बनेको देखिन्छ । बागलुङ नगरपालिका भित्र नगर प्रमुखमा नेपाली कांग्रेस बीपी बाट धना आचार्य र नेकपा मालेका मन्जु क्षेत्रीले उमेदवारी दिनुभएको छ भने उप प्रमुखमा स्वतन्त्र रूपमा तारा कुमारी रिजालले उमेदवारी दिनुभएकाे छ । यस्तै जैमिनी नगरपालिकामा… पुरा पढौ

बागलुङ नगरपालिका ३ काे वडा अध्यक्षमा कस्ले मार्ला बाजि

निर्वाचनमा ५ जना प्रतिस्पर्धा मैदानमा राेचक भिडन्त बैशाख ३० गतेकाे स्थानीय तहको निर्वाचन जतिजति नजिकिदै छ बागलुङ नगरपालिका वडा नम्बर ३ मा निर्वाचनको राैनक तिब्र गतिले अगाडि बढिरहेको छ । बागलुङ नगरपालिकाकाे १४ वटा वडा मध्य सबैभन्दा बढी मतदाता भएको वडा बजारको मुख्य केन्द्र लालीगुराँस चाेक देखि मध्यपहाडी लाेकमार्गकाे खहरे सम्मकाे भुभाग आ‌ेगटेकाे वडामा यसपटक गठबन्धन दलबाट नेपाली कांग्रेसका उमेदवार लक्ष्मण केसी शनि ,नेकपा एमाले राप्रपा गठबन्धनबाट एमालेका उमेदवार कमल खड्का एकीकृत समाजवादी बाट पिंगल राज गाैतम र स्वतन्त्र बाट… पुरा पढौ