तमानखोलाको अध्यक्षमा कांग्रेसका जोकलाल बुढा निर्वाचित

-


     हिडन खबर    
     जेठ १ गते २०७९ मा प्रकाशित


बागलुङका तमानखोला गाउँपालिकामा स्थानीय तह निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जस अनुसार तमानखोला गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार जोकलाल बुढाले २ हजार ७ सय ७ मतका साथ बिजयी भएका छन् ।निकतम प्रतिद्वन्द्वी नेकपा माआ‌ेवादी केन्द्रका देवबहादुर पुनले १ हजार ९ सय ९५ मत प्राप्त गरेको निर्वाचन अधिकृतले जनाएको छ ।

उपाध्यक्ष पदमा उमेदवार बनेकी हिरा कुमारी छन्त्यालले १ हजार ९ सय ९५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वद्वी माआ‌ेवादी केन्द्रका निसु रसाइलीले १ हजार ९ सय ५८ मत प्राप्त गरेका थिए ।

जिल्लाभरी पाँच दलीय गठबन्धन गरिएपनि तमानखोलामा सबै राजनैतिक दलहरु आ आफ्नै तरिकाले निर्वाचनमा लडेका थिए ।
अध्यक्ष जाेकलाल बुढा २०७४ काे स्थानीय निर्वाचन निर्वाचित अध्यक्ष हुन् ।