बागलुङ नगरपालिकामा गठबन्धनको अग्रता कायमै

-


     हिडन खबर    
     जेठ १ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको शनिवार देखि सुरु भएको मतगणनाको पछिल्लो परिणामा ५ दलीय गठबन्धनकाका उमेदवारको अग्रता कायमै रहेको छ ।

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले १ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् भने एमाले राप्रपा गठबन्धनका उमेदवार जनकराज पौडेलले ८ सय १ मत प्राप्त गरेका छन् ।

यस्तै नगर उप प्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका माआ‌ेवादी केन्द्रका राजु खड्काले १ हजार ३ सय ३ र एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार बनेको राप्रपाका संजय खड्काले ६सय ८० मत प्राप्त गरेका छन् ।

जिल्ला समन्वय समितिको हलमा भइरहेको मतगणनामा बागलुङ नगरपालिका वडा नम्बर १ को गणना सम्पन्न भैसकेको छ भने १४ गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बडा नम्वर १ मा ५ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका जय जयबहादुर खत्री विजयी भैसकेका छन् ।