काठेखोला गाउँपालिका–१ मा काँग्रेसका थापा पुनः बिजयी

-


     हिडन खबर    
     जेठ १ गते २०७९ मा प्रकाशित


बागलुङको काठेखोला गाउँपालिमा वडा न‌म्बर –१ मा नेपाली काँग्रेसका खड्क थापा विजयी भएका छन् । पाँच दलिय गठबन्धनको साझा उम्मेदवार वडा नम्बर १ का निर्वतमान अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका खड्क थापा ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले अध्यक्षका प्रतिस्प्रर्धी नेकपा एमालेका गोविन्द बहादुर खड्कालाई ३ सय ९७ मतान्तरले पराजित गरेका हुन् । खड्काले ५ सय १८ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा थापा ६ सय १३ मत प्राप्त गरेर निर्वाचित भएका थिए ।

थापा संगै वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ । महिला सदस्यमा देवि थापा मगर, दलित महिला सदस्यमा तरा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित भएका छन् ।