
बागलुङको निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार सुर्यबहादुर घर्तिले एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार भूमिराज घर्तिलाई करिव दोब्बर मतले पछि पारेका छन् ।
गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका नेपाली काँग्रेसका घर्तीले अहिलेसम्म १३३५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार भूमिराज घर्तिले ६५७ मत ल्याएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा निसीखोला गाउँपालिकामा ९ हजार ९ सय ३६ खसेको छ ।












