
बागलुङ- गलकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरि प्रमुख पदमा विजयी भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बहादुर काउचा घर्तीले ३ हजार पाँच सय १९ मत प्राप्त गरेका छन्
उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे विजयी बनेका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपा बिकले ३ हजार ५७ मत प्राप्त गरेकी छिन् ।
गलकोट नगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र रुपमा मन्जु शर्मा चालिसेले ३ हजार २ सय ६२, राष्ट्रिय प्रजातन्त्र पार्टिका डम्मर बहादुर केसीले ६२ र स्वतन्त्र उम्मेद्वार दिपेन्द्र साहनीले ४० मत प्राप्त गरेका छन् । त्यस्तै गलकोट नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार तिल बहादुर केसीले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् ।
गलकोट नगरपालिकामा वडा नम्वर १ को अध्यक्षमा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका लाल बहादुर राना, वडा नम्वर २ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिम बहादुर भण्डारी, वडा नम्वर ३ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका फम बहादुर खत्री, वडा नम्वर ४ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बल बहादुर खत्री, वडा नम्वर ५ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पवन हमाल, वडा नम्वर ६ को अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम प्रसाद कडेंल, वडा नम्वर ७ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राज बहादुर थापा, वडा नम्वर ८ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज प्रसाद सापकोटा, वडा नम्वर ९ को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका तेज बहादुर थापा, वडा नम्वर १० को अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भक्त बहादुर काउचा, वडा नम्वर ११ को अध्यक्षमा नेकपा एमालेका डम्मर बहादुर श्रीस बिजयी भएका छन् ।









