एमाले पाेलिटब्युराे सदस्य केसीका पति वडा अध्यक्षमै पराजित

-


     हिडन खबर    
     जेठ १ गते २०७९ मा प्रकाशित


नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघिय सांसद मन कुमारी केसीका श्रीमान् रामबहादुर जिसी बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा पराजित भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर २ का एकीकृत समाजवादीका उमेदवार सुरज बोसेलसँग ३० मत अन्तरले पराजित भएका हुन् ।

वडा २ मा ११७५ मत खसेकोमा एकीकृत समाजवादीका सुरज बोसेलले ४ सय २८ मत ल्याउदा जिसीले ३ सय ९८ मत पाएका थिए ।
बागलुङ नगरपालिका २ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठवन्धनबाट एकीकृत समाजवादीबाट वडा अध्यक्ष माओवादी केन्द्रबाट खुल्ला महिला वडा सदस्य र बाकी ३ जना सदस्य नेपाली काँग्रेसबाट उम्मेदवार बनेकोमा सवै विजयी भएका छन् । वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रामराज गुरुङले १ सय ८१ मत प्राप्त गरेका छन् ।