राजनीति

समृद्धिका लागि नीतिगत सुधार आवश्यक : अध्यक्ष प्रचण्ड

काठमाडौं, साउन ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार र राज्यको सोचमा परिवर्तन आवश्यक रहेको बताएका छन्। शुक्रवार खुमलटारस्थित निजी निवासमा नेपाल उद्योग परिसंघ (सीएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटका क्रममा अध्यक्ष प्रचण्डले राज्यको सोचाइ र संरचनालाई निजी क्षेत्रमैत्री बनाउनुपर्ने धारणा राखे। “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना बिना समृद्धि हासिल गर्न सकिँदैन,” अध्यक्ष प्रचण्डले भने, “राज्यले अवरोध होइन, सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।” उनले… पुरा पढौ

साहित्य, कला र राजनीति क्षेत्रका व्यक्तित्व माओवादी केन्द्रमा

काठमाडौँ, साउन २ — नेपाली साहित्य, कला र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघका चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व वडा अध्यक्ष रामेछापका एक नेता छन्। अध्यक्ष प्रचण्डले स्वागत गर्दै भने, “हामीले त्याग, समर्पण… पुरा पढौ

प्रचण्डबाट ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’ सुरु, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी

काठमाडौं, साउन १ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बालकुमारी चौरमा ‘श्रम र उत्पादनमा वाइसिएल अभियान’को उद्घाटन गरेका छन्। कार्यक्रममा उनले स्वयंसेवकहरूसँग इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण र सरसफाइमा सहभागी भएर श्रमको सम्मान गर्नुपर्छ भन्ने सन्देश दिएका थिए। सम्बोधनमा अध्यक्ष प्रचण्डले यो अभियान माओवादीको "उत्पादन ब्रिगेड"को निरन्तरता भएको बताउँदै युवालाई श्रम र स्वाभिमानी अर्थतन्त्र निर्माणमा अग्रसर हुन आह्वान गरे। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै चेतावनी दिए, “यदि सरकार सुध्रिएन भने सडकबाटै आन्दोलन गरेर हटाउन बाध्य हुनेछौँ।”… पुरा पढौ

गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक, नाजिरको महिलाको रूपमा दमदार प्रस्तुति

काठमाडौं । चलचित्र ‘गुन्यु चालो : द ड्रेस’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माण पक्षले सोमबार एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरेको हो। गीतमा लेखु सहयात्रीको शब्द र संगीत रहेको छ भने स्वर मनिषा पोखरेलको रहेको छ। गीतमा प्रेमिल भावना बोकेको व्यक्तिले आफूलाई पनि सच्चा माया गरिनुपर्ने माग गरिएको छ। मनबाट प्रेम गर्ने हो भने दुःख–सुखमा साथ दिइ प्रमाणित गर्नुपर्ने सन्देश गीतमार्फत दिइएको छ। गीतको भिडियोमा नाजिर हुसेनको विशेष प्रस्तुति देख्न सकिन्छ। महिलाको… पुरा पढौ

विधेयक अवरुद्ध हुनुमा स्वार्थ समूहको चलखेल : अध्यक्ष प्रचण्ड

काठमाडौं, असार ३० – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र त्रिभुवन विमानस्थलको अध्यागमन प्रणालीमा देखिएको बेथिति प्रशासनिक कमजोरी नभई गम्भीर अनुसन्धानको विषय भएको बताएका छन्। संघीय संसदमा सम्बोधन गर्दै उनले विषय गम्भीररूपमा सतहमै आएको भन्दै निष्पक्ष छानबिनको माग गरे। उनले प्रमुख प्रतिपक्षका रूपमा संसद अवरुद्ध गर्नु बाध्यता भएको तर बजेट जस्ता विषयमा संसद चल्न दिएको बताए। प्रचण्डले निजामती सेवा, विद्यालय शिक्षा र नागरिकता विधेयकमा प्रतिपक्षले जिम्मेवार भूमिका खेलेको भन्दै, “स्वार्थ समूहको चलखेलले विधेयक समितिमै रोकिएको छ,” भने। पुरा पढौ

सीता दाहालको स्मृति दिवसमा अध्यक्ष प्रचण्ड मानव सेवा आश्रममा

काठमाडौं, असार २७ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वर्गीय सीता दाहालको स्मृति दिवसको अवसरमा रानीवनस्थित मानव सेवा आश्रम पुगेका छन्। माओवादी आन्दोलनकी अभिभावक सीता दाहालको सम्झनामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आश्रममा आश्रय लिइरहेका व्यक्तिहरूसँग आत्मीय भेटघाट गरेका थिए। उनले उनीहरूसँगै बसेर भोजन गराइदिएका थिए र स्वयं पनि उनीहरूसँगै भोजन गरेका थिए। कार्यक्रममा प्रचण्डले आफू प्रधानमन्त्री रहेको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा स्वदेश फर्किन्

काठमाडौं, असार २७ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा सम्पन्न खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं अधिवेशन र उच्चस्तरीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन्। जुन २८ देखि जुलाई ४ सम्म चलेको सम्मेलनमा मन्त्री डा. राणाले प्रमुख सत्रहरूसँगै आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्दै नेपालले खाद्य अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको जानकारी गराएकी थिइन्। उनले खाद्य सुरक्षाका लागि बनेका कानुनी र नीतिगत प्रबन्ध तथा उपभोक्ता संरक्षण, प्रयोगशाला निगरानी र नियामक मापदण्डहरूबारे प्रकाश पारेकी थिइन्।… पुरा पढौ

परराष्ट्रमन्त्री डा. राणा र जर्मन विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता, सिधा हवाई उडानका लागि आग्रह

२४ असार, २०८२बर्लिन — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका संघीय परराष्ट्रमन्त्री डा. जोहान डेविड वेडफुलबीच जर्मनीको बर्लिनमा आज द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। वार्ताका क्रममा नेपाल–जर्मनी सम्बन्ध, द्विपक्षीय हित, व्यापार, पर्यटन, लगानीलगायत विविध विषयमा विचारविमर्श गरिएको थियो। मन्त्री डा. राणाले जर्मनी नेपालको प्रमुख विकास र व्यापारिक साझेदारहरूमध्ये एक रहेको उल्लेख गर्दै आर्थिक, सामाजिक लगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति जर्मन सरकार र जनताप्रति धन्यवाद ज्ञापन गर्नुभयो। नेपाल–जर्मनी व्यापार विस्तारका लागि दुवै देशका निजी क्षेत्रहरूबीच सहकार्य र सञ्जाल विस्तार अपरिहार्य भएको… पुरा पढौ

राष्ट्रिय कलाकार बाबा पाख्रिनसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश

२१ असार २०८२, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय कलाकार बाबा पाख्रिनसहित सयौं नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्नुभएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी उनीहरूले माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरुलाई अध्यक्ष दाहालले खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले माओवादी आन्दोलनको लक्ष्य, राष्ट्रियता र सामाजिक न्यायका सवालमा पार्टी अझ सशक्त ढंगले अघि बढिरहेको… पुरा पढौ

अध्यक्ष प्रचण्डको टिप्पणी : “संसद र न्यायालयको काम जनतासँगको कबुल विपरीत चलिरहेको छ”

काठमाडौं, असार २० — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार, संसद र न्यायालयको गतिविधि जनअपेक्षाविपरीत भइरहेको बताएका छन्। स्व. गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ता टिप्पणी गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको अतुलनीय योगदान रहेको उल्लेख गर्दै वर्तमान नेतृत्वले उहाँको सपना साकार पार्न गम्भीर प्रयास गर्नुपर्ने बताए। “हामीले विस्तृत शान्ति सम्झौताका बेला जनतासँग जे वाचा गरेका थियौं,… पुरा पढौ