राजनीति

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल मृत फेला

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनु भएको हो ।एमाले पोलिटब्युरो सदस्य समेत रहनु भएको नेता ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताउनु भयो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । घटनास्थलको प्रकृति हेर्दा उहाँ ट्ट्वाइलेट गर्दा चिप्लिएर लड्नु भएको जस्तो देखिने स्थानीयले बताएका छन् । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू घटनास्थलमा… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनमा बागलुङ १ जनमोर्चालाई छुट्याइएपछि कांग्रेसमा असन्तुष्टि

सत्तागठबन्धनबीच राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई सीट पाउने भएको छ । जनमोर्चाको भागमा बागलुङ क्षेत्र नम्बर १ र प्युठान परेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको आधारमा सिट भागवण्डा गरिंदा जनमोर्चाको भागमा प्युठान मात्रै पर्ने थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति जनमोर्चालाई दुई सिट दिन तयार भएपछि बागलुङ १ पनि उक्त दलको भागमा परेको छ । बागलुङ १ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै प्रतिस्पर्धा गर्ने रुचि राखेपछि देउवा लचिलो बनेको कांग्रेसका एक नेता बताउँछन् । ‘प्रधानमन्त्री चित्रबहादुर जीलाई… पुरा पढौ

बागलुङ क्षेत्र नम्बर २ मा प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजुको सिफारिस

मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि देशभर उम्मेदवार सिफारिस गर्न राजनीति पार्टी बैठक बस्दै नाम सिफारिस गर्न तल्लिन छन् । ५ दलीय गठबन्धन यो निर्वाचन सम्म कायम हुने लक्ष्यण देखिएपछि प्रमुख राजनीतिदल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र पुष्पकमल दाहाल प्रचण्ड लाई बागलुङ क्षेत्र नम्बर २ बाट उमेदवारमा सिफारिस गरेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्ने अभियान… पुरा पढौ

यी हुन् एमाले बागलुङ क्षेत्र नं. १ बाट सिफारिस ६ उमेदवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नं.१ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ । संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई सिफारिश गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् । केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन्… पुरा पढौ

बागलुङ क्षेत्र-१ (क) बाट एमालेका ५ जना सिफारिस

आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र१ ९क० बाट ५ जना उम्मेदवारी सिफारिस भएका छन्।देशसभा निर्वाचन समन्वय कमिटिको शनिवार सम्पन्न वैठकबाट प्रदेशसभा सदस्य पदका उमेदवारका लागि जिल्ला पार्टी अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटि सदस्य एवं केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, प्रदेश कमिटि सदस्यहरिनारायण गौतम,जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी बोहरा सिफारिस हुनु भएको हो । जिल्ला सचिवालयको वैठकले भदौ १८ गते प्रदेशसभा र १९ गते प्रतिनिधिसभाका लागि… पुरा पढौ

डडेल्धुराकी आरजु राणा बागलुङ क्षेत्र नम्बर २ बाट सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि नेपाली काँग्रेस बागलुङ उम्मेदवा छनौटको प्रक्रिया अगाडि बढाएको छ । शनिबार सम्पन्न बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेसको बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा सहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारीस गरेको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए । बागलुङ क्षेत्र नम्बर २ गठबन्धन हुँदा पनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने माग सहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारीस गरिएको छ । काँग्रेसबाट बागलुङ… पुरा पढौ

बागलुङ क्षेत्र नम्वर १ (क) मा काँग्रेसबाट १६ जनाको नाम सिफारिस

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक्षमा ५ जना र समानुपातिकमा ११ गरी १६ जनाको नाम सिफारिस गरेका छ ।प्रदेश क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ जिल्ला सदस्य जगन्नाथ आचार्य, महाधिवेशन प्रतिनिधि युवा नेता विष्णु पौडेल (दारी) नेविसंघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कंडेल, भुपू सैनिक संघका… पुरा पढौ

अख्तियारमा उजुरी परेकै व्याक्तिलाई कर्मचारीमा छनौट

बागलुङमा सुरक्षित आप्रवासन परियोजना (सामी) का लागि कर्मचारी छनौटमा विवादित व्याक्तिलाई छनौट गरेको घटना सार्वजनिक भएको छ । गत आर्थिक वर्षसम्म भिमपोखरा युवा क्लव द्वारा सञ्चालित परियोजनामा कर्मचारी छनौटमा नक्कली कागजात पेशगरेको भन्दै अख्तियारमा उजुरी परेकै व्याक्तिलाई बागलुङ नगरपालिकाले पुन: कर्मचारी मै छनौट गरि कानुनको उल्लंघन गरेको हो । चालू आर्थिक वर्षदेखि बागलुङ नगरपालिकाको मातहतबाट सञ्चालन हुने परियोजना (सामी) को लागि पहुँचको आधारमा फेक डकुमेन्ट (झुटो कागजात) बनाएको आरोप लागेका व्यक्तिलाई कर्मचारीका रुपमा छनौटमा गरेको छ । आप्रवासी श्रोतकेन्द्र परामर्शकर्तामा… पुरा पढौ

नेपाल समाजवादी पार्टी बागलुङको अध्यक्षमा ‘संगम’

नेपाल समाजवादी पार्टी बाग्लुङको बिस्तारित बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न पार्टीको बैठकले एक बहादुर केसी 'संगम' अध्यक्षतामा जिल्ला समन्वय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षहरुमा अर्जुन खत्री, पुनम श्रीष र हिमाल खत्री सचिवमा कृष्ण पुन, सह-सचिवमा शान्ती विक, कोषाध्यक्षमा महेन्द्र प्रसाद सापकोटा सहित ५१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको नव गठित समितिका अध्यक्ष केसीले बताउनुभयो । बैठकले नुनुमाया थापाको अध्यक्षतामा २१ सदस्यीय महिला समिति समेत गठन गरेको पार्टीका सचिव कृष्ण पुनले बताउनुभयो । पुरा पढौ

माओवादी केन्द्रको केन्द्रीय सचिवमा बागलुङका ३ जना

गत पुसमा महाधिवेशन सम्पन्न भएर पनि चयन हुन नसकेको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केद्रीय समितिले शनिबार पदाधिकारी चयन गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बाकी भएको पदाधिकारी चयन गरि जिम्मेवार दिएका हुन् । माओवादी केन्द्रको सचिवमा बागलुङका दिनानाथ शर्मा ,हितमान शाक्य र देवेन्द्र पौडेलले महत्त्वपूर्ण पदमा जिम्मेवारी पाएका हुन् । दिनानाथ शर्मा र देवेन्द्र पौडेल बागलुङ नगरपालिका वडा १२ का हुन् भने हितमान शाक्य बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी हुन् । केन्द्रिय समितिका पदाधिकारीको… पुरा पढौ