आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका गर्न बागलुङमा मतदान सुरु

-


     हिडन खबर    
     मंसिर ४ गते २०७९ मा प्रकाशित


आगामी पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि बागलुङमा पनि मतदान सुरु भएको छ । मतदानको समय बिहान ७ बजेबाट नै मतदान सुरु भएको हो ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् ।

यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना छन् ।

क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता छन् । प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ जना मतदाता छन् ।

निर्वाचनका लागि जिल्लाभर दुई हजार कर्मचारी, एक हजार एक सय म्यादी प्रहरी, सात सय नेपाल प्रहरी र सात सय नेपाली सेना तथा सशस्त्र प्रहरी खटिएका छन्। निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न जिल्ला सुरक्षा समितिले अपिल गरेको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।