एजेन्डा नपाएर विपक्षीले उमेरको खिल्ली उडाउन खोजे : जनमोर्चा अध्यक्ष केसी

- बिहिबार सत्ता साझेदार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताउनु भएको हो ।

-


     हिडन खबर    
     मंसिर १ गते २०७९ मा प्रकाशित


राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले अरोप लगाउनु भएको छ । बिहिबार सत्ता साझेदार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताउनु भएको हो ।

अघिल्लो निर्वाचनमा एमालेलाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो । केसीले २०७२ सालको संविधान जोगाउन बुढेसकालमा निर्वाचन लड्नु परेको ुबताउनु भयो ।

धर्म निरपेक्षता र गणतन्त्र तथा संविधान जोगाउने काममा एमालेभन्दा कांग्रेस बढी इमान्दार भएकोले संविधानको रक्षाको लागि ८० बर्षको उमेरमा निर्वाचन लड्न आएको बताउनु भयो । प्रतिस्पर्धीले आफ्ना केही कमजोरी फेला पार्न नसकेर आफ्नो उमेरको खिल्ली उडाउन खोजेको केसीको टिप्पणी छ ।

पटक–पटक संसद विघटन गरेर नौ महिना सम्म संसदमा दाई हाल्ले एमाले उम्मेद्धवार अहिले लाज नमानि भोट माग्न आएको बताउनु भयो । ओलीको गठवन्धनमा दरवारीया सामेल रहेको भन्दै एमालले हिन्दु राष्ट्र बनाउने राजावादीसँग साँठगाँठ गरेर लोकतन्त्रलाई परास्त गर्न थालेको आरोप लगाउनु भयो ।

लोकतन्त्र बचाउन राजनितिक दल पत्ररकार र स्वयम जनता जिम्मेवार बन्नुपर्ने केसीले बताउनु भयो । मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि गठबन्धन बनेको केसीको भनाई छ । पत्रकार सम्मेलनमा बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार दिपेन्द्र बहादुर थापाले जनताको साथमा रहनसक्ने लाई भोट राख्न जनतालाई आग्रह गर्नु भयो ।

आफु ४५ बर्ष जनताको माझमा बितेको र त्यसैले अव जनताका समस्या बिसाउने चौपारी सम्म जाने अबसर दिन मतदातालाई आग्रह गर्नु भयो । प्रचार प्रसारका क्रममा जनताले देखाएको मायाका कारण आफू उत्साहित भएको बताउनुभयो ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (ख) का उम्मेदवार डिल्लिराम सुवेदीले मौन अवधिमा हुने चलखेल प्रति समेत हुन आग्रह गर्नु भयो । मतदाताको प्रतिक्रिया उत्साहजनक रहेको बताउनु भयो ।

मतदाताले आमरूपमा नयाँपन खोजेको भन्दै । सुवेदीले केही नयाँ गरेर देखाउँन मतदाताले अपेक्षा गर्नुभएको बताउनु भयो । कार्यक्रमको संचालन नेपाली काग्रेस बागलुङका सचिव हरिहर शर्माले गर्नु भएको थियो ।