
प्रदेश तथा प्रतिनिधिसभाका लागि बागलुङमा जारी निर्वाचनमा आइतबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बागलुङले दिएका जानकारी अनुुुसार आईतबार मध्यान्नसम्म आइपुग्दा ४० प्रतिशत मत खसेको होे ।
जिल्लाका केही मतदान स्थलमा ३५ केहिमा ४५ प्रतिशतसम्म मत खसेकोले समग्रमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले जानकारी दिनु भयो ।
स्थानीय तह निर्वाचनमा बागलुङका १० स्थानीय तहमा ६७ प्रतिशत मत खसेकोमा यस पटक करिव ६० प्रतिशत मत खस्ने आकलन गरे पनि त्यो पुग्न कठिन देखिएको रिजालले बताउनु भयो । स्थानीय तहको निवार्वचनमा जस्तो मतदाताको उत्साहजनक सहभागिता नहुँदा यक पटकको निर्वाचनमा करिव ५५ प्रतिशत खस्ने आकलन गरिएको छ । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना छन् ।
क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता छन् । प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को (क) मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन् भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ जना मतदाता छन् ।









