बागलुङमा शान्तिपूर्ण रूपमा निर्वाचन हुने वातावरण छैन ः एमाले

-


     हिडन खबर    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित


मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन मात्रै ४ दिन बाकी रहदै गर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेले बागलुङ जिल्लाका केही ठाउँमा स्वतन्त्र र निषपक्ष रूपमा निर्वाचन हुने वातावरण नभएको हुदा निर्वाचन आयोग लाई सहज वातावरण बनाउन माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर बागलुङ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण नभएको दावी गरेको छ ।

बागलुङ क्षेत्र नम्बर नं. १ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य पाठक, गण्डकी प्रदेशसभा नं. १ (क)० का उम्मेदवार हीराबहादुर केसी र क्षेत्र नं. १ (ख) का उम्मेदवार नवराज पौडेलले पत्रकार भेटघाटको अवसरमा यस्तो बताएका हुन् ।

जिल्ला केही ठाउँमा अहिले पनि निषपक्ष रूपमा निर्वाचन हुने अवस्था नभएको, मतदाताले आफ्नो मत आफै खसाल्ने वातावरण नभएको भन्दै निर्वाचन स्वतन्त्र रूपमा सम्पन्न गर्ने वातावरण सृजना गर्न प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार सुर्य पाठकले बताए । मतदाताले सर्वतन्त्रपूर्वक मत राख्न नपाउने, मृतक तथा वैदेशिक रोजगारमा रहेका मतदाताको भोट राख्ने जस्ता अलोकतान्त्रिक गतिविधि हुने त्रास तथा आशङ्का व्यक्त गरे ।

विगतका निर्वाचनमा बागलुङका अन्य क्षेत्रमा ६० ,६५ प्रतिशत मात्रै मत खस्ने गरेकोमा बागलुङ जिल्लाको क्षेत्र नम्वर १ का केही क्षेत्रमा अहिले पनि ८० ,९० प्रतिशत मतदान हुने अवस्था रहेको हुँदा तिठाँउमा निष्पक्ष नहुने आरोप छ । एमालेलेका नेता तथा कार्यकर्ता गाउँ गाउँमा जनताको घर घरमा पुगेको यसपटक एमालेले निर्वाचन जित्ने वातावरण बनेकोमा चुनाव निश्पक्ष नभए एमालेलाई मान्य नहुने नेकपा एमाले बागलुङका अध्यक्ष तथा प्रदेश सभा क का उम्मेदवार हिरा केसीले बताए ।

पत्रकार सम्मेलनमा प्रदेश सभा ख का उम्मेदवार नवराज पौडेलले आफुहरु प्रत्यक जनताको घरदैलोमा पुगेको र मतदाताभेटघाटका क्रममा रोजगार, कृषि, शिक्षा लगायतका बिषय प्रभावकारी नभएको कारणले बागलुङको दक्षिण क्षेत्र भेगमा बसाइँसराइको समस्या बढेर गएको हुदा आफू निर्वाचित भएपछि यसमा भुमिका खेल्ने बताए ।

बागलुङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सांसद सुर्य पाठक र राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ,राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटा ,नेपाली कांग्रेस बिपीका शिवप्रसाद सापकोटा ,राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कडेल , र स्वतन्त्र उमेदवार
चन्द्रबहादुर क्षेत्री चुनावी प्रतिस्पर्धामा छन् । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६जना मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता ५० हजार १ सय २८ जना रहेका छन् भने पुरूष मतदाता ४६ हजार ५ सय ३८ जना रहेका छन् ।यस्तै प्रदेश सभा क मा ५० हजार ५ सय ८० जना मतदाता रहेका छन् ।जसमध्ये महिला मतदाता २६ हजार ५ सय ९२ जना रहेका छन् भने पुरूष मतदाता २३ हजार ९ सय ८८ जना रहेका छन् ।यस्तै प्रदेश सभा ख मा ४६ हजार ८६ जना मतदाता रहेकोमा महिला मतदाता २३ हजार ५ सय ३६ जना र पुरूष मतदाता २२ हजार ५ सय ५० जना रहेका छन् ।