राजनीति

बागलुङ नगरपालिका – ११ को वडा अध्यक्षमा कांग्रेसका गौतम पुनः निर्वाचित

बागलुङ – बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द गौतमको प्यानल विजयी भएको छ ।गठबन्धनबाट उम्मेदवार बनेका गौतमले ७ सय ९० मत प्राप्त गरी दोस्रोचोटि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका चिरिन्जिवि केसीले ३ सय ३२ मत प्राप्त गरेका छन् । यसै गरी महिला सदस्यमा टुका देवी शर्मा आचार्यले ७ सय ६४,दलित महिला सदस्यमा गंगा बस्याल ७ सय ७६, खुल्ला वडा सदस्यमा खेम थापा मगर ७ सय ८७, नन्द बहादुर… पुरा पढौ

निसीखोला गाउँपालिकाको अध्यक्ष – उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले निर्वाचन जितेको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती र उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका प्रेम बहादुर घर्ती विजयी भएका हुन् । अध्यक्षमा कांग्रेसका घर्तीले ५ हजार ५ सय ११मत प्राप्त गरि विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका भुमिराज घर्तीले २ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा गठबन्धनबाटका उम्मेदवार प्रेम घर्तीले ५ हजार मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी… पुरा पढौ

बागलुङ नगरपालिका ३ मा केसी वडा अध्यक्षमा निर्वाचित

बागलुङ नगरपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेसका लक्ष्मण केसीको गठवन्धनको प्यानल विजयी भएको छ। सोमबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल खड्कालाई २ सय १२ मतान्तरले पराजित गरेका छन् । केसीले ९ सय ८३ मत प्राप्त गर्दा एमालेका कमल खड्काले ७ सय ६६ मत मत पाएका छन् । त्यस्तै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका पुनम शर्माले ६ सय १३, बावुलाल शाक्यले २ सय ६० र पिंगलराज गौतमले ७७ मत प्राप्त गरेका छन् । गठवन्धनबाट महिला वडा सदस्यमा धनमाया… पुरा पढौ

गठबन्धन लाई चुनौती दिदै स्वतन्त्र उम्मेदवारले मारे वडामा बाजी

बागलुङ नगरपालिका वडा नम्बर १२ मा ५ दलीय गठबन्धन लाई चुनौती दिदै स्वतन्त्र रूपमा उम्मेदवार बनेका वडा अध्यक्ष लगाएतको प्यानलै विजयी भएका छन् । गठबन्धनमा संलग्न राजनीति दल राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्मालाई वडा अध्यक्ष र माआ‌ेवादी केन्द्रलाई एक महिला सदस्य, जनता समाजवादीलाई एक सदस्य र अरू २ सदस्य नेपाली कांग्रेसलाई दिने राजनीति सहमति भएकोमा त्यसमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ताले स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । अन्यत्र वडाका गठबन्धन अनुसार तालमेल भएपनि वडा नम्बर १२ मा भने… पुरा पढौ

जैमिनी नगरपालिका – ७ को वडा अध्यक्षमा केन्द्र रसाईली विजयी

बागलुङ - बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीको वडा अध्यक्षमा केन्द्र रसाईली निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका उनले ८ सय ३९ मत प्राप्त गरि विजयी भएका हुन् । खुल्ला महिला सदस्य युगमाया राना थापाले १ हजार १३, दलित महिला सदस्यमा बिमला सुनारले १ हजार ९, खुल्ला सदस्यमा भुपेन्द्र रानाले १ हजार ८७ र खुल्ला सदस्य अर्जुन शर्माले ८ सय ६४ मत प्राप्त गरी निर्वाचित भएका छन् । राजनीतिलाई पेशा नबनाइ सेवा बनाउने उद्देश्यका साथ जनताको… पुरा पढौ

बागलुङ नगरपालिकामा श्रेष्ठको झण्डै दोब्बर मतको अग्रता

बागलुङ नगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ र उपप्रमुख पदमा माओवादीका राजु खड्काले अग्रता फराकिलो बनाएका छन् । प्रमुखमा बसन्त कुमार श्रेष्ठले एमाले उम्मेदवार जनकराज पौडेलसँग २ हजार ७ सय ८६ मत अन्तरले अग्रता बनाएका हुन् । उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका राजु खड्काले राप्रपाका संजय खड्का सँग २ हजार ४ सय १८ मतले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार गठवन्धनबाट प्रमुखका उम्मेदवार श्रेष्ठले ५ हजार ७ सय ६२ मत प्राप्त गरेका छन्… पुरा पढौ

१ मतान्तरले १० वर्ष वडाको नेतृत्व

बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त गठबन्धनले २ वडामा पुरै प्यानल नै विजयी भएको छ । पालिकाको १० नम्बर वडामा गठबन्धनको तर्फबाट अध्यक्षमा बिरेन्द्र कुमार बुढा निर्वाचित भएका छन् । निर्वाचित बुढाले नेकपा एमालेकाे तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुठासिंह बुढालाई २१३ मतान्तरले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भएका हुन । पाँच दलीय गठवन्धनको तर्फबाट वडा अध्यक्षमा निर्वाचित बिरेन्द्र बुढाले ७ सय ७४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पुठासिंह बुढाले ५६१ मत प्राप्त गरेका थिए ।गाउँपालिकाको १० नम्बर वडामा बुढा… पुरा पढौ

निसीखोला गाउँपालिकामा दोब्बर मतान्तरले गठवन्धनको अग्रता

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धले सुरुवाती देखिनै अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा गठबन्धनको तर्फदेखि कांग्रेसका सुर्य बहादुर घर्ती र उपाध्यक्षमा प्रेम बहादुर घर्तीले निरन्तर भारी मतले अग्रता लिँदैे आएका छन् । अध्यक्षमा कांग्रेसका घर्तीले ३५५६ मत प्राप्त गर्दा नेकपा एमालेका भुमिराज घर्तीको १५५५ मत ल्याएका छन् । हालसम्म दोब्बर बढि मतान्तरले सुर्यबहादुर घर्ती अगाडी छन् । प्रमुखमा राप्रपाको १६० मत प्राप्त हुँदा स्वतन्त्र पुतली चिन्हको २३५ मत प्राप्त भएको छ । उपाध्यक्षमा गठबन्धका प्रेम घर्तीको ३२१५ मत प्राप्त… पुरा पढौ

गलकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ- गलकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका भरत शर्मा गैरे ५ हजार ४ सय १४ मत प्राप्त गरि प्रमुख पदमा विजयी भएका छन् । यो उनको दोस्रो कार्यकाल हो । उनको प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बहादुर काउचा घर्तीले ३ हजार पाँच सय १९ मत प्राप्त गरेका छन् उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका फमलाल निउरे विजयी बनेका छन् । उनले ६ हजार ३९ मत प्राप्त गरेका छन् ।… पुरा पढौ

बडिगाड १ मा गठवन्धनको प्यानल नै विजयी

बागलुङको बडिगाड गाउँपालिकामा संयुक्त गठबन्धनले विजयी सुरुवात गरेको छ । पालिकाको वडा नं १ मा गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका वम बहादुर थापा ले वडाध्यक्ष पदमा ६८३ मतसहित विजयी भएका हुन् । वडामा थापा सहितको प्यानलनै विजयी भएको छ । थापाले ८६ मतान्तरले नेकपा एमालेबाट बडा अध्यक्षंआ उम्मेदवार बनेका दिनेश थापालाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन । पुरा पढौ