जनमतको सम्मान गर्दै काम गर्छु : थापा

-


     हिडन खबर    
     जेठ ६ गते २०७९ मा प्रकाशित


बागलुङको बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले जनताको सेवक भएर काम गर्ने बताउनु भएको छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सम्पन्न विजयी ¥याली पश्चात कोणसभालाई सम्बोधन गर्दै जनताले सेवा गर्ने अवसर प्रदान गरेको भन्दै जनमतको सम्मान गर्दै जनताको सेवक भएर काम गर्ने बताउनु भएको हो ।
बडिगाड २ खर्बाङमा सम्पन्न भामा बोल्दै थापाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजय पश्चात आफु जनताकै सेवामा लागेकाले यसपटक जनताले गाउँपालिकाको साँचो आफुहरुलाई सुम्पिएको बताउनुभयो ।

बडिगाड गाउँपालिकालाई जिल्लाका अन्य स्थानीय तह भन्दा नमुना, अब्बल र समुन्नत गाउँपालिकाको रुपमा विकास गर्ने गरी आफुहरुले घोषणा पत्र र गठबन्धनको तर्फबाट सकंल्प गरेको भन्दै सबैको प्रतिनिधित्व हुने र सबैलाई समेट्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नागरिहरुले निस्वार्थ भावले आफुहरुलाई विजयी गराएको भन्दै गाउँपालिकाको सेवा प्रवाह सरल र सहज तथा जनमुखी बनाउन सधै तत्पर रहने धारणा व्यक्त गर्नुभयो ।

महिला,युवा,दलित,जनजाति,अपागं एवं सबै वर्ग र समुदायको अपनत्व हुने गरी आफुहरुले काम गर्ने भन्दै थापाले जनताले दिएको जिम्मेवारीलाई पूर्ण पालना गर्ने बताउनुभयो ।
बागलुङमा १० वटा स्थानिय तह मध्य पालिका प्रमुखमा समग्र महिलाको प्रतिनिधित्व गर्दे थापा गाउँपालिकामा निर्वाचित हुनु भएको हो । जिल्लाका सवै स्थानिय तहमा गठबन्धन भए सँगै प्रमुख वा उपप्रमुखमा महिला आउने क्रम न्युन रहेको हो ।

जिल्लाको बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एकमात्र महिला पालिका प्रमुख निर्वाचित हुनु भएको छ । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हिरा कुमारी छन्त्याल एकमात्र पालिका उपप्रमुख हुनु भएको छ । अधिकारी र छन्त्याल नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।संविधान त स्थानिय तहको प्रमुख वा उपप्रमुख कुनै एउटा महिला हुनुपर्ने छ । त्यो पनि एउटै राजनितिक दलमा मात्र लागु हेुने छ ।