
बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा बागलुङ नगरपालिकाका उम्मेदवार बनेका ५ राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।
कुल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारहरूको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगर प्रमुख र उप प्रमुखका ८ जना जना उम्मेदवारको धरौटी रकम जफत भएको हो ।
कुल ४० हजार ४१८ मतदाता रहेकोमा बागलुङ नगरपालिकाका १४ वडामा २५ हजार ७ सय ९२ मत खसेको थियो ।
बागलुङ नगरपालिकामा खसेको २४ हजार ८ सय मत मध्य ५ पार्टीका नगर प्रमुख र उप प्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ ।
नगर प्रमुखका उमेदवार विवेकशील साझा पार्टीका सुरज खड्काले ५४ मत, नेपाल दलित पार्टीका भक्त बहादुर रसाइलीले ६३ मत, नेपाली कांग्रेस ९बिपी०का धना आचार्यले १२ मत,नेकपा मालेका मन्जु क्षेत्रीले २६ मत, र नेपाल परिवार दलका नलि प्रसाद आचार्यले १२ मत पाएपछि धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै नगर उप प्रमुख पदमा उमेदवारी दिएका नेपाल दलित पार्टीका शान्ति कुमारी नेपालीले ५२ मत ,एकीकृत समाजवादीका जीवन आचार्यले ५० मत र स्वतन्त्र उमेदवार ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेपछि धरौटी जफत भएको छ । यसपटकको निर्वाचनमा एमालेका नगर प्रमुख उमेदवार जनकराज पौडेल र राप्रपाका नगर उप प्रमुखका उमेदवार संजय खड्काको मात्रै धरौटी फिर्ता हुने भएको छ ।
बागलुङ नगरपालिका निर्वाचनमा गठबन्धनका उमेदवार नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठले नगर प्रमुखमा १४ हजार ६ सय ७८ निकटतम प्रतिद्वन्द्वी एमाले राप्रपा गठबन्धनका जनकराज पौडेलले ८ हजार ८ सय २१ मत प्राप्त गरेका थिए ।यस्तै नगर उप प्रमुखमा गठबन्धन बाट उमेदवार बनेका माआेवादी केन्द्रका राजु खड्काले १२ हजार ४ सय २७ मत प्राप्त गरेका थिए भने एमाले राप्रपा गठबन्धनबाट राप्रपाका उमेदवार संजय खड्काले ८ हजार ६५ मत प्राप्त गरेका थिए ।









