
बागलुङको बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाड गाउँपालिकालाई नमुना पालिका बनाउने बताउनु भएको छ । सिवाई नेपाल, सिवाईसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेड र सिवाइसी वचत तथा ऋण सहकारी सस्थाले बागलुङ बजरमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै थापाले महिलाले नेतृत्व गरेका कामहरु उत्कृष्ट बनेका उदाहरणहरु प्रशस्तै रहेको भन्दै आफु निर्वाचित भएको बडिगाड गाउँपालिकालाई पनि महिला नेतृत्वले सम्हाल्ने र नमुना पालिका बनाउने बताउनु भयो ।
पालिकामा आफूले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राख्ने बताउदै शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भयो भने अरु नियमित विकासका कामहरु त स्वतः हुने भएकोले सर्वसुलभ स्वास्थ्य र गुणस्तरीय प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताउनु भयो ।
पालिकामा महिलाहरुलाई आयआर्जनसँग जोड्न विभिन्न घरेलु उद्योग तथा सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने,निम्न आय भएका परिवारहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र जनमुखी कामहरुलाई आफुले प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
राजनैतिक आग्रह वा पूर्वाग्रह राखेर गरिने विभेद अन्त्य गरि साझा प्रतिनिधिको रुपमा काम गर्ने बताउनु भयो । सबै वर्ग, समुदाय, सम्प्रदायलाई समान अवसर दिँदै सहभागीतामूलक प्रतिनिधित्व हुने गरी आफु अगाडी बढ्ने अधिकारीले बताउनु भयो । गाउँपालिका भित्र भ्रष्टाचार शुन्य सहनशीलतामा पुर्याउने आफ्नो लक्ष्य भएको हुँदा सबैको साथ र समर्थन जरुरी रहेको धारणा राख्नु भयो । सिवाइसी नेपालका सह सचिव तथा सिवाइसी बचत तथा ऋण सहकारीका उपाध्यक्ष समेत रहनु भएका अधिकारी बागलुङका दश पालिका मध्य महिलाको प्रतिनिधित्व गर्दै पालिका अध्यक्ष बन्ने पहिलो महिलाको रुपमा निर्वाचित हुन् भएको छ । सो अवसरमा बागलुङ नगरपालिका वडा नम्वर ९ को वडा अध्यक्षमा निर्वाचित सिवाई नेपालका पूर्व सह सचिव राजु थापाई समेत स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा थापाले जनताले दिएको अभिभारा पुरा गर्न आफुले कुनै कसर बाकी नराख्ने बताउनु भयो ।
सिवाईसी नेपाल तथा सिवाईसी साकोसका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार शकुन्तला शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम संचालन सिवाईसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेडका प्रवन्धक संगिता शर्माले स्वागत गर्नु भएको कार्यक्रमको संचालन सिवास्ी साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले गर्नुभएको थियो।









