
काठेखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका राजु थापा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजेन्द्र थापा ‘तिलक’ विजयी भएका छन् ।
अध्यक्ष राजु थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल बहादुर कार्कीलाई एक हजार मतान्तरले पराजित गर्दै विजयी भएका छन् । थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरेका छन् भने कार्कीले ६ हजार ७ सय ५० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा तिलक थापाले आफ्ना प्रतिद्वन्द्वी कोपिला पुनलाई २ सय ६५ मतान्तरले पराजित गरे । थापाले ६ हजार ७ सय १२ मत प्राप्त गरेका छन् भने पुनले ६ हजार ४ सय ४७ मत प्राप्त गरेका छन् । काठेखोला गाउँपालिकामा १४ हजार ७ सय ३३ मत खसेको थियो ।
काठेखोला गाउँपालिका ८ लेखानीको अध्यक्षमा नेपाली काँग्रेसका प्रमानन्द कँडेल विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेकी चित्रकला श्रीषलाई ४ सय २६ मतान्तरले पराजित गरेका छन् । कँडेलले ९ सय २५ मत प्राप्त गरेका छन् भने श्रीषले ४ सय ९९ मत प्राप्त गरेका छन् ।









