
पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदभार ग्रहण गरेका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित अध्यक्ष राजु आचार्य र उपाध्यक्षमा निर्वचित दिपक आचार्यले पदभार ग्रहण गरेका हुन् । जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले अध्यक्ष र उपाध्यक्षलाई कार्यालयमा स्वागत गरेका थिए । अध्यक्षमा निर्वाचित आचार्य नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन भने उपाध्यक्ष आचार्य माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
पदभार ग्रहण पछि अध्यक्ष आचार्यले जलजला गाउँपालिकालाई सम्बृद्ध बनाउन आफूले विशेष प्रयास र पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
जनताले दिएको अभिभारा लाई इमानदारीताका साथ पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । पर्वतको जलजला गाउँपालिकालाइ पर्यटकीय गन्तव्यको केन्द्र बनाउदै हजारौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाउने अध्यक्ष आचार्यले बताउनुभयो ।









