एमालेका ७ जना केन्द्रीय नेताले जाेगाउन सकेन साख ?

-


     राजनीतिक ब्युराे    
     जेठ ५ गते २०७९ मा प्रकाशित


बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम सार्वजनिक भए संगै राजनीति पार्टीका केन्द्रीय नेताहरूको सामाजिक संजालमा व्यापक आलोचना हुन थालेको छ । राष्ट्रिय रूपमा पहिलो राजनीतिक पार्टी नेकपा एमालेले यसपटक भएको स्थानीय तहको निर्वाचनमा आफ्नो पुरानो विरासत गुमाएपछि एमाले कार्यकर्ताले नेतृत्वले राजीनामा माग गर्दै आएका छन् ।

नेकपाको विभाजन पछि नेकपा एमालेले पार्टी लाई मजबुत बनाउन बागलुङबाट लिला थापा, मनकुमारी केसी लाई पोलिट ब्युरो सदस्य र डाक्टर सुर्य पाठक ,गोविन्द नेपाली ,कृष्ण केसी ,सावित्रा राना ,इन्द्रलाल सापकोटालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएपनि यो नेतृत्व यसपटकको स्थानीय तहको निर्वाचन आफ्नो कार्य कुशलता देखाउनबाट चुकेको देखियो ।

एमालेका पोलिट ब्युरो सदस्य मनकुमारी केसीले बागलुङ नगरपालिका निर्वाचनमा वडा नम्बर २ को वडा अध्यक्षमा उमेदवार बनेका आफ्नो श्रीमान रामबहादुर जिसी लाई निर्वाचन जिताउन असफल भइन् । एमाले पार्टीका अधिकांश कार्यकर्ताले सल्लाह सुझाव दिदा समेत त्यसलाई ग्रहण गर्न नसकेपछि एमालेले सदरमुकाम बागलुङको वडा गुमाउनुपरेको भनेर आलोचना भइरहेको छ । वडा नम्बर २ मा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका रामराज गुरूङको उमेदवारी फिर्ता गराउन नसक्नु अर्को कमजोरी भएको बताउँछन् ।

यस्तै एमाले केन्द्रीय सदस्य तथा बिदेश विभाग प्रमुख कृष्ण केसी समेत यसपटक आलोचना बाट मुक्त हुन सकेका छैनन् ।
स्थानीय तहको निर्वाचन हाक्ने जिल्लामा एमालेको बर्चस्व कायमै राखेर एमालेलाई एक नम्बरको पार्टी बनाउने जिम्मेवारी लिएका केसीको आफ्नो वडामा समेत एकजना वडा सदस्य जिताउन नसकेको भन्दै कार्यकर्ताले आक्रोश पोखेका छन् ।

यस्तै एमाले केन्द्रीय सदस्य एवम् संघीय सांसद डाक्टर सुर्य पाठकले पनि यसपटकको स्थानीय तहको निर्वाचनमा उल्लेखनीय भुमिका निभाउन नसकेको कुरा एमालेका कार्यकर्ताले सामाजिक संजालमा दिएका अभिब्यक्ति बाट स्पष्ट हुन्छ । बागलुङ नगरपालिका १२ को वडा अध्यक्षमा एमाले बाट उमेदवार बनेका आफ्नो काका गुरूदत्त पाठकलाई निर्वाचित गराउन सकेनन् । स्वतन्त्र उमेदवार बनेका कोपिलामणि शर्माको सम्पुर्ण टिम नै बिजय भएबाट पनि के कुरा पुष्टि हुन्छ भने आफ्नो वडामा समेत केन्द्रीय सदस्यले आफ्नो वर्चस्व कायम राख्न सकेको देखिएन भने अन्यत्रको हालत आफै अनुमान लगाउन गार्‍हो पर्दैन ।

यस्तै एमालेका पोलिटब्युरो सदस्य लिला थापाले पनि यसपटकको स्थानीय निर्वाचनमा चुकेका छन् । एमालेबाट बरेङ गाउँपालिकाको अध्यक्षमा आफ्ना छोरा प्रदीपकुमार थापालाई उमेदवार बनाएका थापाले निर्वाचन जिताउन सकेनन् । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह लिएर उमेदवार बन्दा समेत पराजित भएका थिए ।

यस्तै एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद सावित्रा रानाले पनि आफ्नो भुगोलमा नतिजा देखाउन सकेनन् । गत स्थानीय निर्वाचनमा जैमिनी नगरपालिकामा नगर उप प्रमुख जितेको एमालेले सफलता हासिल गर्न सकेन भने केन्द्रीय सदस्य रानाको वडामै एमाले तेस्रो शक्तिको रूपमा खुम्चिन पुगेको देखियो ।

यस्तै एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज गोविन्द नेपालीको मतदाता रहेको बागलुङ नगरपालिका वडा नम्बर १ मा यसपटक एमालेले वडा अध्यक्ष गुमाउन पुग्यो । गठबन्धन समेत दरो नभएको समयमा पार्टीले उमेदवार छनौट समेत राम्रोसँग गर्न नसकेको कारणले धेरै ठाउँमा नतिजा ल्याउन नसक्नुमा इन्चको भुमिका प्रभावकारी नभएको एमालेका नेता तथा कार्यकर्ताले गरेका छन् ।

एमाले केन्द्रीय सदस्य इन्द्र लाल सापकोटाले भने आफ्नो वडामा एमालेका उमेदवार लाई जिताउन सफल देखिएका छन् ।बागलुङ नगरपालिका वडा नम्बर ५ मालिका बाट वडा अध्यक्षमा हरि शर्माको टिमलाई जिताउन सफल भएपछि भने जिल्लाका अरू केन्द्रीय सदस्यले भन्दा नाक जोगाउन सफल देखिएपनि समग्रमा भने त्यति सफल नभएको एक एमाले कार्यकर्ताले बताए।

गत स्थानीय निर्वाचनमा राप्रपा सँग गठवन्धन गरि बागलुङ नगरपालिकाको नगर प्रमुख र वडा नम्बर १,२,४,५,६,७,८,९,१०,१२ गरि १० वटा वडा जित्न सफल भएको एमालेले यसपटक भने ५,६,र ७ गरि जम्मा ३ वटा वडामा चित्तबुझाउन बाध्य भएको छ। बागलुङको १० वटा पालिका मध्य ढोरपाटन नगरपालिका प्रमुख र केही वडा अध्यक्षमा यसपटक एमालेले चित्तबुझाउन बाध्य भएको छ ।

गत स्थानीय तहमा जितेको काठेखोला गाउँपालिका अध्यक्ष ,बडीगाड गाउँपालिका ,अध्यक्ष यसपटक गुमाएको छ । यसपटकको निर्वाचनमा ५ दलीय गठबन्धन भएपनि एमालेले आफ्नो वर्चस्व कायमै राख्ने दाबी गरेपनि त्यो भने कायम राख्न सकेको देखिएन ।समग्रमा एमालेको नेतृत्वको क्षमता प्रभावकारी देखिएन भनेर एमालेका कार्यकर्ताले गरेको प्रश्न माथि भने बहस गर्न जरुरी देखिन्छ । ३ बर्षसम्म नेकपा हुदाको पार्टी बिभाजन पछि गाउँ गाउँमा पुगेर संगठन विस्तार गर्न नसकेको अहिलेको नतिजाले देखाएको छ ।