५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई निवर्तमान नगरप्रमुखले दिए धन्यबाद

-


     हिडन खबर    
     जेठ ६ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाका निर्वतमान नगरप्रमुख पौडेलले जनताको सिमित स्रोत र साधनका बीच धेरै कामहरु गर्न सफल भएको बताएका छन् । शुक्रबार बागलुङमा क्रियाशिल पत्रकारसँग कुराकानि गर्दै पौडेलले ५ वर्षे कार्यकालमा सहयोग पु¥याउने सवैलाई धन्यबाद ज्ञापन गरेका हुन् । आफ्नो कार्यकालमा बागलुङ नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पहिचान स्थापित गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउने, बलेवा विमानस्थल, बागलुङ बसपार्क, गण्डकी स्वर्णिम भुmला लगायतका ठूला पूर्वाधार निर्माण सम्पन्न भएको जानकारी दिए । पत्रकार भेटघाटमा
स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष लगायत सम्पूर्ण निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गरेका छन् । बागलुङ नगर अस्पताल, विश्व बैंकको सहयोगमा शहरी शासकिय सुधार परियोजना, मालिका वन्यजन्तु पार्क, बाङ्गेचौर रङ्गशाला, बागलुङ बजारको ढल निकास, वृद्धाश्रम लगायतका कामहरु निर्माणधिन रहेकाले आगमी नवनिर्वाचित जनप्रतिनिधिले यसलाई पूरा गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
आफ्नो कार्यकाल सफल भएको बताउदै सम्मुनत बागलुङ नगर बनाउन आगामी दिनमा जनप्रतिनिधिलाई सकरात्मक ढंगले सहयोग र खबरदारी गर्ने बताए । पौडेलले स्थानीय तहको निर्वाचनमा पुन उम्मेदवारी दिएको र अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नुमा निर्वाचन परिचालन तयारी नपुग्नु, उम्मेदवार छनौटमा भएको कमजोरी, नगरपालिकाको राम्रा कामको अपनत्व नहुँनु, भ्रामक प्रचार हुनु ,अनुशासनहिन र अराजक गतिविधि जिम्मेवार रहेको आरोप लगाएका छन् ।

पौडेलले २०७४ सालको स्थानीय तहको निर्वाचनमा बागलुङ नगरवासीहरुले दिएको जिम्मेवारीलाई निष्पक्ष ढङ्गले कार्य सम्पन्न गर्न सहयोग गर्नु हुँने नगरउपप्रमुख, जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई धन्यवाद दिए ।