काठमाडौं, २०८२ फागुन ५ – नेपाल पत्रकार महासंघले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम तथा पत्रकारलाई आग्रह गरेको छ। महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा निर्वाचनका बेला मिथ्या सूचना र भ्रामक प्रचारमार्फत मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारहरूले जिम्मेवार र नैतिक पत्रकारिता गर्नुपर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका अत्यन्त…
पुरा पढौ