राजनीति

चन्द्रागिरिका भक्तलाल श्रेष्ठ सहित काठमाडौं–१० मा एमालेबाट ११ जना सिफारिस

काठमाडौं, पुस २२ फागुन २१ गते हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले काठमाडौं क्षेत्र नम्बर १० बाट ११ जना उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाको निर्वाचनको लागि १६ जनाले टिकटको दाबी गरेपछि पार्टीको क्षेत्रीय कमिटीको विस्तारित भेलाले पाँच जनाको नाम फिर्ता भएसँगै ११ जनाको नाम जिल्ला कमिटीको राय–सुझावसहित प्रदेश कमिटीमा पठाएको हो।पठाएको नामहरूकाे अन्तिम निर्णय भने केन्द्रीय कमिटीले गर्नेछ। चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाका क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा चन्द्रागिरिबाट दुई जना… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टीको बैठक शुरू

काठमाडौं ,नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बोलाएको परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको छ। बैठकमा राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुनेछ। बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सबै घटकका नेताहरूको सहभागिता रहेको छ। पुरा पढौ

निर्धारित समयमै निर्वाचन हुनेमा सरकार प्रतिबद्धः सञ्चारमन्त्री खरेल

काभ्रेपलाञ्चोक, १० पुस । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभएको छ। आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खरेलले निर्वाचनका लागि सरकारले आवश्यक वातावरण बनाइसकेको र राजनीतिक दलहरू पनि त्यसतर्फ केन्द्रित भएको बताउनुभयो। निर्वाचनका विषयमा कुनै पनि प्रकारको अन्योल नरहेको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन अत्यन्त आवश्यक रहेको बताउनुभयो। निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध… पुरा पढौ

जेन्जी विद्रोहको १००औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी — रवि किरण हमाल

काठमाडौँ ।पुस ४जेन्जी विद्रोहको १००औँ दिन पूरा भएको अवसरमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ । जेन्जीका अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नवोदित पुस्ताले राष्ट्र र जनताका लागि गरेको त्याग, साहस र बलिदानलाई नेपालको राजनीतिक इतिहासको गर्विलो अध्यायका रूपमा उल्लेख गरिएको छ । विद्रोहका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा सहिद परिवारप्रति समवेदना व्यक्त गरिएको छ । वक्तव्यमा जेन्जी… पुरा पढौ

जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि कार्यक्रम अपुरो हुन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २७ मंसिरसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई बेवास्ता गरेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपुरो हुने बताउनुभएको छ। राष्ट्रिय युवा परिषद्द्वारा शुक्रबार आयोजित ‘सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद’ विषयक कार्यक्रममा बोल्दै मन्त्री खरेलले गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनलाई सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामार्फत जनआन्दोलनको मान्यता दिइसकिएकाले त्यसलाई कसैले पनि नजरअन्दाज गर्न नहुने स्पष्ट पार्नुभयो। “अबको समय मात्रै होइन, हिजो र भोलिको समय पनि युवाकै हो। युवाले केही गर्न सक्दैनन्… पुरा पढौ

विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकाले अभियान प्रभावकारी हुन सकेन : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू अत्यधिक परियोजनामुखी भएकाले सामाजिक अभियानहरू प्रभावकारी हुन नसकेको बताउँदै परियोजनाभन्दा अभियानमुखी कार्यशैली अपनाउन आग्रह गर्नुभएको छ। सातौँ अन्तर्राष्ट्रिय ‘मर्यादित महिनावारी दिवस’को अवसरमा आजदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले विकास तथा सामाजिक परिवर्तनका क्षेत्रमा कार्यरत धेरैजसो विकास साझेदार संस्था, एनजिओ तथा आइएनजिओहरू परियोजनामा मात्र केन्द्रित हुँदा कुनै पनि अभियानले दीर्घकालीन प्रभाव पार्न नसकेको उल्लेख गर्नुभयो। देशमा क्याम्पेन किन सफल भएनन् भने, एनजिओहरू प्रोजेक्ट–बेसमा… पुरा पढौ

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौँ, २१ मङ्सिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त भएका सिंहदरबार परिसरका संरचनाहरू चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ। गत भदौ २४ गतेको आन्दोलनका कारण क्षति पुगेका विभिन्न संरचनाको अवलोकन पछि पूर्वराष्ट्रपतिले संरचना ध्वस्त भएको देखेर दुःख लागेको बताउनुभएको थियो। उहाँले नेपाल सरकारले ती संरचनाहरू चाँडै पुनः निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्ने कामना पनि गर्नुभयो। उहाँले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत आन्दोलनबाट क्षतिग्रस्त भएका अन्य कार्यालयहरूको पनि अवलोकन… पुरा पढौ

राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

पोखरा, चिप्लेढुंगा — नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटको अवस्थामा रहेको भन्दै त्यसबाट मुक्ति दिलाउन जनताको राष्ट्रिय एकता अत्यावश्यक भएको बताउनुभयो। पोखरा चिप्लेढुंगामा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर हुँदै गएको दाबी गर्नुभयो। प्रचण्डले एमाले र कांग्रेसले पाएको “दुई–तिहाइ” बहुमतले जनताका पक्षमा ठोस उपलब्धि दिन नसकेको आरोप लगाउँदै यिनै दलका कारण राष्ट्र संकटतिर धकेलिएको टिप्पणी गर्नुभयो।“हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ। सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हटाइयो।… पुरा पढौ

‘राष्ट्रको संकट समाधानका लागि वाम–देशभक्त एकता अपरिहार्य’ : प्रचण्ड

धनगढी — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर राजनीतिक मोडमा पुगेकाले वामपन्थी र देशभक्त शक्तिहरूबीच व्यापक एकता आवश्यक भएको बताएका छन्। धनगढीमा आयोजित सन्देश सभामा उनले आगामी चुनावलाई नै राष्ट्रिय निकासको मुख्य बाटो बताउँदै सबैलाई चुनावी तयारीमा जुट्न आह्वान गरे। प्रचण्डले सुदूरपश्चिम प्रदेशसँग आफूले विशेष राजनीतिक तथा भावनात्मक सम्बन्ध राखेको उल्लेख गरे। जनयुद्ध र जनआन्दोलनमा यहाँका बलिदानले देशलाई ठूलो योगदान दिएको र गणतन्त्रपछि पनि यो क्षेत्र विकासका प्राथमिकतामा रहेको उनले बताए। हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टी… पुरा पढौ

म प्रधानमन्त्री बन्ने रुचि छैन, जनताको सेवक भएर नै काम गर्छु : प्रचण्ड

धादिङ, मंसिर १० — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्ने विशेष इच्छा नभएको बताउँदै जनताको सेवकका रूपमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बेनिघाट–रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै उनले स्थानीय विकास, राष्ट्रिय राजनीति र पार्टीको वर्तमान अवस्थाबारे धारणा राखेका हुन्। कार्यक्रममा नेता राजेन्द्र पाण्डेले प्रचण्डलाई फेरि प्रधानमन्त्री देख्न चाहेको बताएका विषयमा प्रचण्डले भने, “देश र जनताले चाहे जिम्मेवारीबाट पछि हट्दिन, तर प्रधानमन्त्री बन्ने धेरै चाहना अब छैन।” उनीले बुढीगण्डकी जलविद्युत् आयोजनालाई… पुरा पढौ