राजनीति

तमानखाेलामा त्रिपक्षीय भिडन्त

बागलुङ ।जिल्लाकाे पश्चिम तमानखाेला गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन नभएपछि त्रिपक्षीय भिडन्त हुन देखिएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार जाेकलाल बुढा ,माआ‌ेवादी केन्द्रका देवबहादुर पुन र जनता समाजवादीका हिमाल खत्री चुनावी प्रतिस्पर्धामा अगाडि बढेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसका हिराकुमारी छन्त्याल ,माआ‌ेवादीका निसु रसाइली र एमालेका देवेन्द्र छन्त्याल ,चुनावी मैदानमा खडा भएका छन् । निर्वाचन प्रचारप्रसारकाे अन्तिम दिन आइपुग्दा सबै राजनीति दलले आफ्नो चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुर्याइ सकेका छन् । ७ हजार ७… पुरा पढौ

निसीखाेलामा सुर्य घर्ती र भुमिराज बिच प्रतिस्पर्धा

बागलुङ ।जिल्ला पश्चिम निसिखाेला गाउँपालिकामा बैशाख ३० गते हुने निर्वाचन राेचक र प्रतिस्पर्धात्मक हुने भएको छ ।अध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेस बाट सुर्यबहादुर घर्ती र एमाले बाट भुमिराज घर्ती मगर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक कांग्रेस ,माआ‌ेवादी केन्द्र ,र राजमाे बिच गठबन्धन गरेर चुनावी अभियानमा लागेका छन् । यस्तै उपाध्यक्षमा गठबन्धन बाट माआ‌ेवादी केन्द्रका प्रेमबहादुर घर्ती मगर र एमाले बाट भाेटु चन्द चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन आयोगले बैशाख २७ गते राति १२ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न… पुरा पढौ

काँठेखाेला गाउँपालिकामा कार्की र थापा बिच प्रतिस्पर्धा

बागलुङ ।जिल्लाकाे काँठेखाेला गाउँपालिकामा हुने स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धन बाट नेपाली कांग्रेसका राजु थापा र एमाले बाट दिलबहादुर कार्की चुनावी प्रतिस्पर्धामा देखिएका छन् । नेपाली कांग्रेस ,माआ‌ेवादी केन्द्र ,राजमाे ,एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन बाट गाउँपालिकाकाे अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र एमालेका दिलबहादुर कार्की चुनावी मैदानमा खडा भएका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेले बिजय हासिल गरेको काँठेखाेला गाउँपालिकामा यसपटक गठबन्धन दल र एमाले बिच तिब्र प्रतिस्पर्धा हुन अनुमान गरिएको छ ।रेशका पुराना एमाले नेता कार्की र… पुरा पढौ

बरेङ गाउँपालिकामा कृष्ण र प्रदीप बिच प्रतिस्पर्धा

बागलुङ ।बागलुङ जिल्लाकाे दक्षिण बरेङ गाउँपालिकाकाे निर्वाचनमा गठबन्धन दलबाट राष्ट्रिय जनमाेर्चाका कृष्ण प्रसाद शर्मा र एमालेका प्रदीपकुमार थापा बिच चुनावी प्रतिस्पर्धा हुने देखिएकाे छ । राष्ट्रिय राजनीति रूपमा नेपाल कम्युनिस्ट पार्टी मसालकाे बर्चस्व मानिने बरेङ गाउँपालिकामा यसपटकको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाले यसपटक पनि गठबन्धनकाे तर्फबाट तत्कालीन अध्यक्ष कृष्ण प्रसाद शर्मालाई चुनावी मैदानमा खडा गरेको छ भने एमालेले प्रदीपकुमार थापालाई खडा गरेको छ । यस्तै गाउँपालिकाकाे उपाध्यक्षमा गठबन्धन दलबाट नेपाली कांग्रेसका दिलीपकुमार पुन र एमालेका दुर्गा कार्की चुनावी मैदानमा उत्रिएका… पुरा पढौ

बागलुङ नगरपालिकामा पाैडेल र श्रेष्ठ बिच प्रतिस्पर्धा

यसपटक निर्वाचन पनि राेचक प्रतिस्पर्धात्मक हुने बागलुङ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे प्रचारप्रसारकाे अन्तिम दिनसम्म आइपुग्दा निर्वाचन बारे आम जनतामा खासै चासो भएको देखिएकाे छैन ।धाैलागिरि अन्चल कै सबैभन्दा पहिलो र पुरानो बागलुङ नगरपालिकामा यसपटक फेरि वर्तमान नगर प्रमुख जनकराज पाैडेल र बसन्त कुमार श्रेष्ठ बागलुङ नगरपालिकाकाे नगर प्रमुखकाे लागि चुनावी प्रतिस्पर्धामा उभिएका छन् । ५ दलीय गठबन्धन बाट नेपाली कांग्रेसबाट नगर प्रमुखमा बसन्त कुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धन बाट एमालेका जनकराज पाैडेल चुनावी प्रतिस्पर्धामा उत्रिएर अगाडि बढेका… पुरा पढौ

के भन्छन बेनी नगरपालिका का मेयरका उम्मेदवार चिरञ्जीवी शर्मा (भिडियो अन्तर्वार्ता)

गण्डकी प्रदेशकै पर्यटकीय ट्रान्जीट प्वाइन्ट मानिएको म्यादी जिल्लाको सदरमुकाम समेत रहेको बेनी नगरपालिकामा पाँच दलीय गठवन्धनबाट मेयरका उम्मेदवार बनेका शर्मा सँग हिडन खबरकर्मी राम प्रसाद घिमिरेले गरेको कुराकानीको भिडियो अंश….. पुरा पढौ

भोट छेक्दै दब्ल्याङको पहिरो

आफू सत्तामा रहँदा मौन बनेको नेतृत्व पुन: मेयरको उम्मेदवार बनेपछि मिठा सपना सहितका भाषण र चिल्ला घोषणापत्र देखाउँदै भोट मागिरहेका छन् । गत असारमा बागलुङ नगरपालिका १० दब्ल्याङमा गएको ठूलो पहिरोले बाग्लुङ जिल्लादेखि दक्षिण क्षेत्र वलेवा हुदै जैमिनी नगरपालिका र बरेङ गाउपालिका जोड्ने प्रमुख सडक एवं कालिगण्डकी करिडोर बन्द भएको करिब चार महिनापछि मात्र खुलेको थियो । स्थानीय तहका सबैभन्दा महत्त्वपूर्ण विकासका पुर्वाधार भनेर शिक्षा, स्वास्थ, यातायात, खानेपानी र सिचाईलाई मानिएका थिए । वर्तमानमा संघिय सरकार र राज्यका संयन्त्रको विकास… पुरा पढौ

माओवादीको उर्वर भूमि ताराखोलामा त्रिपक्षीय भिडन्त

बागलुङ जिल्ला मध्य माओवादीको उर्वर भूमिको रूपमा चिनिने ताराखोला गाउँपालिकामा यस पटक हुने स्थानीय तहको निर्वाचनलाई जिल्लामै चासोको रूपमा हेर्न थालिएको छ । ५ दलीय गठबन्धन बाट माओवादी केन्द्रका धनबहादुर विश्वकर्मा हिमाल ,नेकपा एमालेका ऋषिराम रोका र ताराखोला गाउँपालिकाका बर्तमान अध्यक्ष प्रकाश घर्तीले गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन् । सिंगो पार्टी धनबहादुर विकको पक्षमा चुनावी अभियान लागेपनि स्वतन्त्र रूपमा उमेदवार बनेका घर्ती चुनाव प्रचारप्रसारमा लागिपरेका छन् । यस्तै एमालेका अध्यक्षका उमेदवार ऋषिराम रोका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटक… पुरा पढौ

ढाेरपाटन नगरपालिकामा नेपाली र अर्याल बिच प्रतिस्पर्धा

सबैको ध्यान यतिबेला ढाेरपाटन नगरपालिकामा बागलुङ ।बैशाख ३० गते हुने निर्वाचन नजिकिँदै जाँदा जिल्लाकाे पश्चिम क्षेत्र ढाेरपाटन नगरपालिकामा चुनावी राैनक छाएको छ ।बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका मध्य सबैभन्दा बढी चर्चामा रहिरहने ढाेरपाटन नगरपालिकामा यसपटक ५ दलीय गठबन्धन बाट माआ‌ेवादी केन्द्रका चन्द्र अर्याल र एमाले बाट देव कुमार नेपाली चुनावी मैदान उत्रिएका छन् । ढाेरपाटनमा यसपटक गठबन्धन बाट माआ‌ेवादी केन्द्र ,नेपाली कांग्रेस ,राजमाे र एकीकृत समाजवादीकाे संयुक्त गठबन्धन र एमाले बिच चुनावी प्रतिस्पर्धा हुदै छ ।गत स्थानीय तहका नगर प्रमुख… पुरा पढौ