अझै सुरु भएन बागलुङ नगरपालिकामा मतगणना

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । शुक्रबार भएको निर्वाचनमा बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडामा धादलि भएको भन्दै नेकपा एमालेले विरोध गरेका कारण मतगणना सुरु हुन नसकेको हो । नेकपा एमालेले रायडाडाको मतदान केन्द्र क मा फर्जिमत परेको आरोप लगाउदै पून मतदानको माग गरेको कारण सर्वदलीय बैठक नै बस्न सकेको छैन । बिहान ८ बजे सर्वदलीय बैठक भने पनि बैठक १० बजेलाई सारिएको छ ।
फर्जि मत परेको आफुहरुसँग भिडियो समेत रहेकोले त्यहा पून मतदान हुनुपर्ने पार्टीको माग रहेको नेकपा एमाले बागलुङमा प्रचार विभाग प्रमुख चन्द्र प्रकाश पौडेलले बताउनु भयो ।
विहान १० बजे सर्वदलीय बैठक आह्वान गरेकोले सहमति जुटाएर मतगणना कार्य सुरु गर्ने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनु भयो ।
बागलुङ जिल्लाका १० पालिका मध्य सबैभन्दा धेरै मतदाता भएको बागलुङ नगरपालिकामा २४ हजार ८ सय बढी मत खसेको छ । यो कुल मतदाताको ६२ प्रतिशत मात्रै हो ।