बागलुङ नगरपालिका १ को वडाअध्यक्षमा कांग्रेसका खत्री निर्वाचित

-


     हिडन खबर    
     जेठ १ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्वर १ बाट नेपाली काग्रेसले विजयी सुरुवात गरेको छ । पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका जयबहादुर खत्रीे ४ सय ७४ मतका साथ विजयी भएका हुन् । नेकपा एमालेका दुर्गे सार्कीलाई ८ मतले पछि पार्दै खत्री विजयी भएका हुन् । सार्कीले ४ सय ६६ मत प्रप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचन सार्की विजयी भएका थिए । वडा सदस्यमा नेकपा एमालेबाट उम्मेदवार बनेका विजयी भएको छन् । महिला सदस्यमा एमालेका शान्ति देवि शर्माले ५ सय ३० मत,दलित महिला सदस्यमा टिका देवि सार्की खुल्ला सदस्यमा कृष्ण बहादुर कार्की र सोमबहादुर बोहोरा विजयी भएका छन् ।