ताराखोला गाउँपालिका ५ मा गठबन्धनको प्यानल बिजयी

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


बागलुङको ताराखोला गाउँपालिका–५ मा ५ दलीय गठबन्धन बाट नेकपा माओवादी केन्द्रका मनबहादुर रोका विजयी हुनुभएको छ। वडा अध्यक्षमा विजयी रोकाले ८ सय ५४ मत प्राप्त गर्दै विजयी भएका हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गर्नुभएको छ ।

ताराखोला गाउँपालिका–५ को खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।