बागलुङको ढोरपाटनमा सर्वदलिय वैठक वस्न नसक्दा मतगणना अन्यौलमा

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


बागलुङको ढोरपाटन नगरपालिकामा सर्वदलिय वैठकमा सहमति जुट्न नसकेको कारण मतगणना हुन सकेको छैन । शुक्रवार साझ भएको सर्वपक्षिय बैठकमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ता विच विवाद भएपछि मतगणना गर्ने विषयमा अन्यौल सृजना भएको हो । शनिवार बिहान ८ बजे सर्बदलिय बैठक भनिय पनि बैठक अझै सुरु हुन सकेको छैन ।

शुक्रवार सम्पन्न मतदानमा ढोरपाटन नगरपालिकामा १७ हजार ६ सय ३० मतदाता मध्ये १२ हजार १ सय ८६अर्थात ६९ दशमलब १३ प्रतिशत मत खसेको थियो ।
नगरपालिकामा खटिएका निर्वाचन अधिकृत लालसिंह थापा निस्पक्ष रुपमा प्रस्तुत हुन नसकेको कारण सर्वदलिय वैठकमा सहमति जुटेन नसकेको माओवादी केन्द्रका एक नेताले बताए ।निर्वाचन अधिकृत लालसिंह थापाले भने अफु निश्पक्षरुमा काम गरेको भन्दै सहमति जुटाउने प्रयास गरेको बताए । जनताको मत मतपेटिकामा परिसकेकोले मत परिणामलेनै फैसला गर्ने थापाको भनाई छ ।