
बागलुङ नगरपालिकाको मतगणना शनिवार दिउसो ४ बजेबाट सुरु गरिने भएको छ । जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले ४ बजेबाट गर्ने निर्णय गरेको छ ।
१४ वटा वडा रहेको नगरमा ४० हजार ४ सय १८ मतदाता रहेको पोखरामा २५ हजार ८ सय ४१ मत खसेको थियो ।
मत हाल्नेमा पुरुष भन्दा महिलाको संख्या बढिरहेको छ ।१४ हजार ४ सय ५० महिला मतदाताले मतदान गरेका छन् भने ११ हजार ३ सय ९१ जना पुरुषले मतदान गरेका छन् ।









