बागलुङ नगरपालिकामा काग्रेसका श्रेष्ठको अग्रता

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिकाको मेयरमा नेपाली काग्रेसकाका उम्मेदवार बसन्त कुमार श्रेष्ठले सुरुवाती अग्रता लिएका छन् ।

२ सय मतगणना हुँदा श्रेष्ठले १ सय ११ मत ल्याएर अग्रता लिएका हुन् । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

मेयरमा नेकपा एमालेका जनक पौडेलले ५७ मत ल्याएका छन् । उपमेयरमा नेकपा माओवादी केन्द्रका राजु खड्काले ९७ र राप्रपाका संजय खड्काले ५० मत ल्याएका छन् । अहिले बागलुङ नगरपालिका १ र १४ को मतगणना भैरहेको छ ।