बागलुङ नगरपालिकामा मतगणना शुरू

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


साविक धौलागिरिकै सबैभन्दा पुरानो बागलुङ नगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला समन्वय समितिको भवनमा शनिबार अपरान्नबाट मतगणना सुरु भएको हो । शुक्रबार सम्पन्न निर्वाचनको सर्वदलिय बैठक निश्कर्षमा पुग्न नसकेको कारण ढिला गरि मतगणना सुरु भएको छ । शनिबार विहानबाट गणना गर्ने भनियपनि नेकपा एमालेले वडा नम्वर ११ मा गठवन्धनले धादलि गरेको भन्दै विरोध गरेको कारण ढिलो गरि मतगणना सुरु भएको हो ।
शनिवार दिउसो भएको सहमति पछि बागलुङ नगरपालिका वडा नम्बर १ र १४ को मतगणना दुईवटा ठाउँमा गणना गर्न शुरू भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए ।

बागलुङ नगरपालिकामा ५ दलीय गठबन्धन बाट नगर प्रमुखमा नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ र एमाले राप्रपा गठबन्धन बाट एमालेका जनकराज पौडेल उमेदवार बनी निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

४० हजार ४ सय १८ जना मतदाता रहेको बागलुङ नगरपालिकामा २५ हजार ८ सय ४१ जना मतदाताले मतदान गरेका थिए ।स्थानीय तहको ब‌ैशाख ३० गते भएको निर्वाचनमा ११ हजार ३ सय ९१ जना पुरूष र १४ हजार ४ सय ५० जना महिला मतदाताले मतदान गरेका थिए । बागलुङ नगरपालिकामा ६३।९४ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।