बागलुङको गलकोट नगरपालिकामा कांग्रेसको अग्रता

-


     हिडन खबर    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


गलकोट नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । दुदिलाभाटी र रिघाको पहिलो चरणको परिणाममा नेपाली कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर सुरुआती अग्रता लिएका छन् ।

यस्तै एमालेका पूर्णबहादुर काउचाले ३ सय ५० , स्वतन्त्र मञ्जु शर्माले १५९ मत प्राप्त गरेका छन् । उपमेयरमा गठबन्धनका फमलाल निउरे ४ सय ९४, एमालेका रुपा विकले ३ सय ६५, स्वतन्त्र उम्मेदवार तिलक उप्रेतीले ५५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय गलकोटले जनाएको छ ।