राजनीति

परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

१३ असार, काठमाडौंपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म सञ्चालन हुने खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार इटाली प्रस्थान गर्नुभएको छ। उहाँले सम्मेलनको प्रमुख सत्रका साथै सो अवधिमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूमा समेत नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ। परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि स्थायी प्रतिनिधि, साथै परराष्ट्र मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अधिकारीहरू सहभागी छन्। एफएओ सम्मेलनपश्चात… पुरा पढौ

वैदेशिक रोजगारीमा रहेका नेपालीको विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

काठमाडौं, असार १२ — विदेशमा रहेका नेपाली नागरिकको विस्तृत विवरण संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले उक्त एपको संयुक्त रुपमा शुभारम्भ गर्नुभयो। एपमार्फत श्रम गन्तव्य मुलुकमा रहेका नेपालीहरुले आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्ने छन्। यो प्रणालीले कुन देशमा कति नेपाली, कुन अवस्थामा रहेका छन् भन्नेबारे जानकारी सहज रूपमा लिन सकिने व्यवस्था मिलाइएको छ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा… पुरा पढौ

धरानका दलहरूद्वारा प्रचण्डलाई बीपी प्रतिष्ठान सम्बन्धी ज्ञापनपत्र

१२ असार, काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धरानका प्रमुख राजनीतिक दलहरूको प्रतिनिधिमण्डलले संयुक्त ज्ञापनपत्र बुझाएको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी उक्त टोलीले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई 'छाता ऐन' (Umbrella Act) बाट छुट्याई पृथक चिकित्सा विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्न माग गरेका छन्। ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले बीपी प्रतिष्ठान पूर्वी नेपालको पुरानो तथा महत्वपूर्ण स्वास्थ्य संस्था भएको बताउँदै व्यवस्थापन पक्ष सन्तोषजनक नहुनु दुर्भाग्यपूर्ण… पुरा पढौ

संसदीय समितिबाट पारित विधेयकहरूमा छेडखानी नगर्न प्रचण्डको चेतावनी

काठमाडौं, ११ असार २०८२नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा प्रस्तुत हुँदा हुने चलखेल र छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गर्दै यस्तो टिप्पणी गरेका हुन्। उनले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभाको कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइने कार्यप्रति… पुरा पढौ

श्रमिकको जीवनमा परिवर्तन नआएसम्म अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड

ललितपुर, असार १०नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान नरोकिने स्पष्ट गर्नुभएको छ। ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’मा अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा कार्यान्वयन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियान थालिएको स्मरण गर्दै, त्यसले श्रमिकको जीवन मर्यादित बनाउने दिशामा टेवा पुर्‍याएको उल्लेख गर्नुभयो।… पुरा पढौ

इजरायल–इरान तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको विशेष ध्यान

काठमाडौं, असार ९परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आवश्यकताको आधारमा स्वदेश फिर्तीका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२/८३ अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री डा. राणाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र त्यसका सम्भावित असरलाई गम्भीरताका साथ मूल्याङ्कन गर्दै मन्त्रालयले नेपालीको सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभयो। "द्वन्द्व सुरु भएको दिनदेखि नै मन्त्रालयले विकसित अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ," उहाँले भन्नुभयो, "इरानमा रहेका… पुरा पढौ

शिक्षकका मागमा सरकार बहानाबाजी नगरोस् भनेर सदनको अवरोध हटाएका हौं : अध्यक्ष प्रचण्ड

📍 काठमाडौं, असार ९✍ हिड्न संवाददाता नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उहाँको खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन्। भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका विगतका सहमति कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्दै ती सहमतिहरू तुरुन्त लागू गराउन प्रतिपक्षी दलबाट बलियो साथको अपेक्षा राखेका थिए। शिक्षकहरूको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले शिक्षक पेशालाई सम्मानित र राष्ट्र निर्माणसँग जोडिएको महत्वपूर्ण पेसाका रूपमा प्रस्तुत गर्दै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त… पुरा पढौ

इरानमा रहेका नेपालीको उद्धार भारतीय दूतावासमार्फत हुने

काठमाडौं, असार ७इरान–इजरायल तनावका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकको उद्धार भारतीय दूतावासमार्फत हुने भएको छ। नेपाल सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले उनीहरूको उद्धार प्रक्रिया अगाडि बढाउने भएको हो। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका १६ जना नेपालीको उद्धारका लागि भारत सरकारसँग अनुरोध गर्नुभएको थियो। उहाँले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत उद्धारमा सहयोग गर्न आग्रह गर्नुभएको हो। “इरानमा सानो संख्यामा नेपाली नागरिक हुनुहुन्छ,” मन्त्री डा. राणाले भन्नुभयो, “भारतले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीलाई पनि उद्धार गरिदिन आग्रह गरेको छु।… पुरा पढौ

इजरायल–इरानबाट नेपालीको उद्धार तयारीमा : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं ।असार ६ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा हाल उत्पन्न युद्धजन्य परिस्थितिका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि नेपाल सरकार उच्च सतर्कताका साथ उद्धार तयारीमा रहेको जानकारी दिनुभएको छ। शुक्रवार परराष्ट्र मन्त्रालयमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयबीचको संयुक्त बैठकमा मन्त्री डा. राणाले इजरायल–इरानबीचको युद्धले सिर्जना गरेको जटिल परिस्थितिबारे छलफल गर्दै उद्धार प्रयासबारे स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “परराष्ट्र मन्त्रालयको समन्वयमा इजरायलस्थित नेपाली दूतावास सक्रिय रूपमा कार्यरत… पुरा पढौ

स्थायी बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ। चितवनमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका ग्रहण गर्दै साह माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यका… पुरा पढौ