अर्थतन्त्र

खानेपानीमा लगाइएको आयकर छुट गरिदिन अर्थमन्त्री पाैडललाइ ध्यानाकर्षण

काठमाडौं /खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल फेडवासनका राष्ट्रीय अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र महासंघ तथा उपभोक्ता समितिका प्रतिनिधिहरु बिच खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा आयकर छुट सम्बन्धमा बैठक अर्थ मन्त्रालय सिंहदरबार सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री पाैडेल संग भेटघाट गरेरखानेपानी उपभोक्ता संस्थाहरूलाइ आयकर छुट हुने ब्यवस्था गरिदिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पाैडेललाइध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालकाे संविधानकाे धारा ३५ (४)ले प्रत्येक नागरिकलाईस्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचकाे हक हुनेछ भनीमाैलिक हकको ब्यवस्था गरिएकाे… पुरा पढौ

निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा

काठमाडौं । गतवर्षको फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य : च्याप्टर–१’लाई निर्देशन गरेर तारिफ कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। फिल्मको नाम ‘कर्मा’ राखिएको छ । बिहिबार फिल्म थिम पोस्ट सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्ट हेर्दा युद्ध लड्न हिँडेका सौनिहरु देख्न सकिन्छ । यस फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् भने फिल्मको कथा पनि उनी स्वयंले लेखेका छन् । यो फिल्म एक्सन ड्रामा एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ । निर्देशक चौधरीको… पुरा पढौ

प्रभु स्टक मार्केट शुभारम्भ

साउन, ९ काठमाडौं ।  प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ। प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले एक कार्यक्रम बिच प्रभु स्टक मार्केटको कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरेका छन् । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने… पुरा पढौ

सुनचाँदीकाे मुल्य घट्यो

काठमाडौं – सातको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। पुरा पढौ

कालीका भगवती गुठीको हिसाबकिताब सार्वजनिक

बागलुङ / कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले असार महिनाको आम्दानी खर्चको हिसाबकिताबसार्वजनिक गरेकाे छ । कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असार महिनामाआम्दानी १४ लाख २७ हजार ३ सय १० रूपैयाँ र खर्च ४३ लाख १० हजार ४ सय ५० रूपैयाँ भएको हिसाब अनुमाेदन गरेको छ ।असार महिनामा २८ लाख ८३ हजार १ सय ४० रूपैयाँ आम्दानी भन्दा बढी खर्च भएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए । असार महिनामा कालीका भगवती मन्दिरमा भक्तजनले चढाएको… पुरा पढौ

वैदेशिक राेजगारीका कारण बागलुङमा नागरिकताभन्दा राहदानी बनाउने बढे

बागलुङ ।नेपाल मै बढी रेमिटान्स पठाउने जिल्लाकाे रूपमा परिचित बागलुङबाट वैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन बढेर गइरहेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०८०।०८१ मा जिल्लामा नेपाली नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्षको अन्तिम दिन पत्रकार सम्मेलन गरी वर्ष भरीको प्रगति विवरण सार्वजनिक गरेको थियो । जिल्लामा चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल ८ हजार ४११ जनाले नयाँ नागरिकता बनाउँदा १३ हजार ५९ जनाले राहदानी ९ पासपोर्ट बनाएका… पुरा पढौ

काठमाडौ न्युरोडमा फुटपाथ बिस्तार पुन: शुरू

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः अगाडि बढाएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरिदिएपछि महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट निवेदनदिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने… पुरा पढौ

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य साेमबार राति देखि लागू हुन गरि बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने जनाएको छ । मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं,… पुरा पढौ

पूर्ण बहादुरकाे सारङ्गीकाे पहिलो चरणको छायांकन 

काठमाडौ / फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायांकन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको हो । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए। फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता बुझ्न राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ । सरकारले वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नचाहिने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने व्यवस्था लागू नगर्न गृह मन्त्रालयलाई सहजीकरण गर्न निर्देशन दिने निर्णय गरेको छ । परिचयपत्र बनाउन असहजता भएकाले त्यसलाई लागू नगर्न निर्देशन दिइएको नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । ‘देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण… पुरा पढौ