
बागलुङ / कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले असार महिनाको आम्दानी खर्चको हिसाबकिताब
सार्वजनिक गरेकाे छ ।
कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकले असार महिनामा
आम्दानी १४ लाख २७ हजार ३ सय १० रूपैयाँ र खर्च ४३ लाख १० हजार ४ सय ५० रूपैयाँ भएको हिसाब अनुमाेदन गरेको छ ।असार महिनामा २८ लाख ८३ हजार १ सय ४० रूपैयाँ आम्दानी भन्दा बढी खर्च भएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
असार महिनामा कालीका भगवती मन्दिरमा भक्तजनले चढाएको भेटि बाट ७ लाख ३२ हजार ६ सय १० रूपैयाँ
बाेका बाट आम्दानी ६० हजार ६ सय ,कुखुरा बाट ४ हजार
राँगो बाट १ हजार ६ सय रूपैयाँ , भाडा १ लाख ९५ हजार
५ सय विवाह बाट ७ हजार ५ सय आर्थिक सहयोग ९४ हजार ९ सय परेवा बाट ३ लाख २२ हजार ५ सय व्रतबन्ध बाट ३ सय पण्डित बाट ७ हजार ८ सय गरेर १४ लाख २७ हजार ३ सय १० आम्दानी भएको अध्यक्ष खड्काले बताए ।
असार महिनामा गुठीको खर्चतर्फ कर्मचारी तलब ४ लाख १७ हजार बिधुत खर्च ३६ हजार ८ सय ५० अतिथि सत्कार
९१ हजार सामान खरिद ५ लाख ९६ हजार पूर्वाधार विकास निर्माण २९ लाख ६१ हजार पुजा खर्च ६८ हजार ,
खाध्यान्न ६२ हजार मर्मत ११ हजार १ सय खादा तथा माला ६७ हजार ५ सय रूपैयाँ गरि ४३ लाख १० हजार ४ सय ५० रूपैयाँ खर्च भएको गुठीका अध्यक्ष खड्काले बताए ।
गुठीले हरेक महिनाको पहिलो साता गुठीले गरेको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।












