अर्थतन्त्र

जन्मोत्सवमा मानव सेवा : चण्डिका बस्नेतद्वारा वृद्धाश्रममा इच्छाभोजन, सनत बस्नेतद्वारा अक्षय कोषमा सहयोग

नुवाकोट, साउन १५ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ K नेपाल अन्तर्गत लायन्स क्लब अफ काठमाडौं अजिमाको आयोजनामा सामाजिक सेवामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका–११ हिलेटोल निवासी श्रीमती चण्डिका बस्नेतले आफ्नो ५४औँ जन्मोत्सवको अवसरमा देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा इच्छाभोजनका लागि १६ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ। उहाँले प्रदान गर्नुभएको सहयोगबाट प्रतिष्ठानमा आश्रित ३४ जना ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन गराइएको थियो। जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा चण्डिका बस्नेतलाई शुभकामना व्यक्त गर्नुका साथै आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई स्याउ… पुरा पढौ

विद्यार्थीका लागि स्वच्छ खानेपानी अभियान, पोखरामा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण सुरु

कास्की, साउन १६ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धिको समन्वय तथा नरविच एण्ड ब्ल्याकहिथ हाई स्कुल टोलीको सहयोगमा पोखरा महानगरपालिका–२६ जलधारेस्थित श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालयमा १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ। करिब रु. २ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको ‘ड्रिङ्किङ वाटर प्रोजेक्ट–२०२६’ ले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। परियोजनाले विद्यालयको खानेपानी व्यवस्थापनलाई दिगो बनाउनुका साथै विद्यार्थीको… पुरा पढौ

जोन चेयरपर्सन उत्सव श्रेष्ठको नेतृत्वमा जोन बैठक भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन १६ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन उत्सव श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको बालाजुस्थित स्मार्ट क्याफेमा आयोजित बैठकमा जोनअन्तर्गतका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकलाई समयमै, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन जोन चेयरपर्सन श्रेष्ठले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्। बैठकमार्फत क्लबहरूको वार्षिक योजना, सेवा गतिविधि, सदस्यता विस्तार तथा लायन्सका आगामी कार्यक्रमबारे छलफल… पुरा पढौ

लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँको सातौं चार्टर नाइट तथा नेतृत्व हस्तान्तरण सम्पन्न

काठमाडौं, साउन १६ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँले आफ्नो सातौं चार्टर नाइट समारोह तथा नेतृत्व हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका नवनिर्वाचित नेतृत्व टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। नयाँ नेतृत्वले सेवा, एकता, समर्पण र दूरदर्शी सोचका साथ समाजसेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ। सो अवसरमा लायन्स क्लब अफ काठमाडौं श्वेतकाली नरदेवीलाई नेतृत्व हस्तान्तरण गरिएको थियो भने नयाँ क्लब लायन्स क्लब अफ… पुरा पढौ

लायन्स क्लबहरूको जोन मिटिङ भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन १६ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको वर्ष २०२६/०२७ का लागि गठित नयाँ कार्यसमितिको पहिलो डिस्ट्रिक्ट गभर्नर एड्भाइजरी कमिटी (जोन मिटिङ) काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा भव्य रूपमा सम्पन्न भएको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रका साथ विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सको सिद्धान्त र उद्देश्यअनुसार आयोजित बैठकको नेतृत्व जोन चेयरपर्सन भीमप्रसाद पोखरेलले गरेका थिए। बैठकमा जोनअन्तर्गतका सबै क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सफल आयोजनाका लागि जोन चेयरपर्सन पोखरेलको नेतृत्व, समन्वय… पुरा पढौ

पोखरामा लायन्स तथा लियो क्लबको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण कार्यक्रम सम्पन्न

कास्की, साउन १५ "हामी सेवा गर्छौं" भन्ने मूल मन्त्रका साथ सामाजिक सेवामा समर्पित विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत गण्डकी एरियाको लायन वर्ष २०२६–२७ को पहिलो संयुक्त सदस्यता ग्रहण तथा पदस्थापन (Joint Induction & Installation) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लायन्स क्लब अफ पोखरा कुमुद तथा लियो क्लब अफ पोखरा कुमुदको आयोजनामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन, नयाँ सदस्यहरूको सदस्यता ग्रहण तथा आगामी कार्यकालका योजना र प्रतिबद्धतामाथि छलफल गरिएको थियो। कार्यक्रममा क्लस्टर… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको जोन मिटिङ सफल,

काठमाडौं, साउन १५ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत आयोजना गरिएको डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंस्थित क्वालिटी क्याफेमा २०२६ जुलाई ३० (साउन १५) मा सम्पन्न बैठक जोन चेयरपर्सन जितेन्द्र लामाको सक्रिय नेतृत्व र उत्कृष्ट व्यवस्थापनमा सम्पन्न भएको हो। बैठकमा जोनअन्तर्गत रहेका विभिन्न लायन्स क्लबका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सफल आयोजना, प्रभावकारी समन्वय र समय व्यवस्थापनमा जोन चेयरपर्सन लामाले देखाएको नेतृत्व क्षमताको लायन्स अभियानभित्र प्रशंसा गरिएको छ। डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन… पुरा पढौ

४० लाख दर्शकको रोजाइमा ‘फूलै फूलमा भमरा नाचनी’,

काठमाडौं ।साउन १४ नेपाली लोकदोहोरी संगीतका चर्चित गायक–गायिका गंगाराम परियार र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘फूलै फूलमा भमरा नाचनी’ ले युट्युबमा ४० लाखभन्दा बढी दर्शकको साथ पाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ। लोकदोहोरी पारखी दर्शक–श्रोतामाझ अत्यधिक रुचाइएको उक्त गीतले युट्युबमा मात्र होइन, सामाजिक सञ्जाल टिकटकमा पनि व्यापक लोकप्रियता कमाएको छ। गीतमा आधारित ७० लाखभन्दा बढी भिडियो निर्माण भइसकेका छन्, जसले यसको लोकप्रियतालाई थप उचाइमा पुर्‍याएको छ। मौलिक लोकलय, आकर्षक संगीत संयोजन, मन छुने शब्द तथा प्रभावशाली प्रस्तुतीकरणका कारण गीतले… पुरा पढौ

बुर्तिवाङमा लायन्स क्लबहरूको संयुक्त पदस्थापना सम्पन्न, सामाजिक सेवामा थप सक्रिय हुने प्रतिबद्धता

बागलुङ, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापना तथा नयाँ नेतृत्वको शपथग्रहण (ज्वाइन्ट इन्डक्सन एण्ड इन्स्टलेसन सेरेमोनी) कार्यक्रम बागलुङको पश्चिम बुर्तिवाङमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्लबका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै शपथग्रहण गराइएको थियो। नयाँ नेतृत्वले आगामी कार्यकालमा लायन्सको आदर्श वाक्य “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पूर्व इन्टरनेशनल… पुरा पढौ

जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा पहिलो एड्भाइजरी बैठक सम्पन्न

काठमाडौं, साउन १४ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के (एमडी ३२५) नेपाल अन्तर्गत जोन चेयरपर्सन जनक बस्नेतको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नर्स फर्स्ट एड्भाइजरी कमिटी मिटिङ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एण्ड ब्याङ्क्वेटमा सम्पन्न बैठकमा जोन अन्तर्गत रहेका पाँचवटा क्लबका पदाधिकारी, पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट), निर्देशक तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा ४३ जनाको उपस्थिति रहेको जनाइएको छ। बैठकका प्रमुख अतिथि डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी गणेश जिसी, विशेष अतिथिहरू क्याबिनेट ट्रेजरर चूडामणि सिलवाल, डिस्ट्रिक्ट एक्जिक्युटिभ काउन्सिलर ज्ञानु म्याम, प्रो इन… पुरा पढौ